• Home
  • ताजा समाचार
  • कर्णालीमा माओवादी संसदीय दलकाे नेतामा शर्मा सर्वसम्मत चयन
Image

कर्णालीमा माओवादी संसदीय दलकाे नेतामा शर्मा सर्वसम्मत चयन

काठमाण्डाै पुस १३

कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) काे संसदीय दलकाे नेतामा राजकुमार शर्मा सर्वसम्मत चयन हुनुभएको छ । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश समितिको आज बुधवार बसेको बैठकले शर्मालाई सर्वसम्मतरूपमा दलको नेता चयन गरेको प्रदेश अध्यक्ष बिमला केसीले जानकारी दिनुभयो । 

अध्यक्ष केसीले भन्नुभयो, ‘दल नेतामा कालीकोटका दुर्गबहादुर रावत, सुर्खेतका विन्दमान विष्ट र कृष्ण जिसीको पनि दाबी रहेको थियो । हिजो र आज बसेको प्रदेश समितिको बैठकमा वृहत् छलफलपछि शर्मालाई सर्वसम्मतरूपमा दलको नेता बनाइएको हो ।’ 

दलको नेतामा निर्वाचित शर्मा रुकुम पश्चिम (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । विसं २०७४ मा जिल्ला समन्वय समिति रुकुम पश्चिमको प्रमुख भएर काम गरिसक्नुभएका उहाँले पार्टीको जिल्ला इन्चार्ज, प्रदेश अध्यक्ष हुँदै अहिले नेकपा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य हुनुहुन्छ ।

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni २० घण्टा अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni १ दिन अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni ३ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni ३ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *