• Home
  • ताजा समाचार
  • कर्णालीमा माओवादी संसदीय दलकाे नेतामा शर्मा सर्वसम्मत चयन
Image

कर्णालीमा माओवादी संसदीय दलकाे नेतामा शर्मा सर्वसम्मत चयन

काठमाण्डाै पुस १३

कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) काे संसदीय दलकाे नेतामा राजकुमार शर्मा सर्वसम्मत चयन हुनुभएको छ । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश समितिको आज बुधवार बसेको बैठकले शर्मालाई सर्वसम्मतरूपमा दलको नेता चयन गरेको प्रदेश अध्यक्ष बिमला केसीले जानकारी दिनुभयो । 

अध्यक्ष केसीले भन्नुभयो, ‘दल नेतामा कालीकोटका दुर्गबहादुर रावत, सुर्खेतका विन्दमान विष्ट र कृष्ण जिसीको पनि दाबी रहेको थियो । हिजो र आज बसेको प्रदेश समितिको बैठकमा वृहत् छलफलपछि शर्मालाई सर्वसम्मतरूपमा दलको नेता बनाइएको हो ।’ 

दलको नेतामा निर्वाचित शर्मा रुकुम पश्चिम (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । विसं २०७४ मा जिल्ला समन्वय समिति रुकुम पश्चिमको प्रमुख भएर काम गरिसक्नुभएका उहाँले पार्टीको जिल्ला इन्चार्ज, प्रदेश अध्यक्ष हुँदै अहिले नेकपा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य हुनुहुन्छ ।

Related Posts

कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य विजयी

काठमाडौं, ३० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्। आचार्यले…

ByByanjana soni १ हप्ता अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni १ हप्ता अगाडि

कांग्रेसको दलिततर्फ सहमहामन्त्रीमा प्रकाश रसाईली स्नेही अगाडि

काठमाडौं, २८ असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दलिततर्फको मतगणनामा सहमहामन्त्रीमा प्रकाश रसाईली स्नेही, दलित महिला केन्द्रीय सदस्यमा…

ByByanjana soni १ हप्ता अगाडि

सुदूरपश्चिमका एमाले सांसद थापाले पदबाट राजीनामा

धनगढी, २८ असोज । पूर्वमन्त्रीसमेत रहेका एमाले सांसद वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन्। सुदूरपश्चिम प्रदेश सांसद थापाले…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *