For Youtvnepal long gif
  • Home
  • Uncategorized
  • एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको गृहमन्त्री खाणको भनाई
Image

एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको गृहमन्त्री खाणको भनाई

काठमाडौं । पुष ६ गते
एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको गृहमन्त्री बालकृष्ण खाणको भनाई छ । आज जनकपुरमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री खाणले एमसीसी सम्झौता पूर्ववर्ति सरकारकै पालामा सुरु भएको भन्दै यो सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको बताउनु भएको छ ।

उहाँले एमसीसीको प्रस्ताव देशको विकासका लागि नेपाल सरकारले नै अघि बढाएको बताउनु भएको छ । गृहमन्त्री खाणले ‘एमसीसी पूर्ववर्ति सरकारहरुको पालामै अगाडि बढेको जिकिर गर्नु भएको छ ।

उहाँले नेपालको विकासका लागि नेपाल सरकारले नै एमसीसीको प्रस्तावलाई अगाडि बढाएको जानकारी दिनु भएको छ ।गृहमन्त्री खाणले ‘नेपाल सरकार र एमसीसी परियोजनाको बीचमा धेरै वर्ष अगाडि नै सम्झौता भएकोर त्यो सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको जिकिर गर्नु भएको छ ।गृहमन्त्री खाणले एमसीसी परियोजना ऋणमा नभई निःशर्त अनुदान भएको स्पष्ट पार्नु भएको छ ।

उहाँले सरकारले नेपालको विद्युतिकरण र सडक निर्माणका लागि गरेको प्रस्तावलाई अमेरिकी सरकारले स्वीकार गरी एमसीसी परियोजना आएको बताउनु भएको छ ।

Related Posts

विराटनगर महानगरपालिका–१५ स्थित मलाया रोडमा मकै बोकेको भारतीय ट्रक ओभरलोडका कारण सडकछेउ ढल्किएर दुर्घटनाको जोखिममा परेको छ।

BR 50 G 9719 नम्बरको उक्त ट्रक डेबी स्कुलअगाडि सडक किनारातर्फ झुकेको अवस्थामा रहेको प्रहरीले जनाएको छ। घटनामा…

ByBySulav Rijal ७ दिन अगाडि

सन्तान र बाबुआमाको सम्बन्धको कथा : दिलिजा रुवालीको ‘मेरा भगवान’ सार्वजनिक

The Voice Kids S4 की फाइनलिस्ट तथा उदाउँदो बाल गायिका दिलिजा रुवालीको पहिलो आधिकारिक गीत ‘मेरा भगवान’ सार्वजनिक…

ByByYOUTV Nepal ६ महिना अगाडि

प्रधानमन्त्री कार्कीसँग भारतीय अतिरिक्त सचिव महावरको शिष्टाचार भेटवार्ता

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्रीको…

ByByanjana soni ७ महिना अगाडि

अनलाइन स्क्याम बढ्दै, सर्वसाधारणलाई सतर्क रहन राष्ट्र बैंक वीरगञ्जको आग्रह

वीरगञ्ज – डिजिटल कारोबार, अनलाइन पेमेंट र सामाजिक सञ्जालमार्फत हुने ठगीका घटनामा हाल तीव्र वृद्धि भएको नेपाल राष्ट्र…

ByByBirgunj ७ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *