• Home
  • ताजा समाचार
  • यी हुन् राप्रपा उम्मेदवारसँग पराजित पूर्वमन्त्रीहरू
Image

यी हुन् राप्रपा उम्मेदवारसँग पराजित पूर्वमन्त्रीहरू

काठमाडौैं, ९ मंसिर 

 गत आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम आइरहँदा बहालवाला मन्त्री, पूर्वमन्त्री र पार्टी पदाधिकारी पराजित भएका छन् । 

एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीसहित राजनीतिक दलका पदाधिकारी पराजित भएका छन् । प्रचलित संविधानले व्यवस्था गरेको गणतन्त्र, धर्मनिरपेक्षता, संघीयतासहितका विषयमा फरक विचार राख्दै आएको राप्रपाका उम्मेदवारसँग केही पूर्वमन्त्री पराजित भएका छन् । 

झापा क्षेत्र नम्बर ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग कांग्रेस नेता तथा पूर्वमन्त्री कृष्णप्रसाद सिटौला पराजित भए ।लिङ्देनले ४० हजार ६ सय ४८ मत ल्याएर निर्वाचित हुँदा सिटौलाले ३७ हजार ३ सय ७२ मत पाएर पराजित हुन पुगे ।

मकवनापुर क्षेत्र नम्बर १ मा राप्रपाका दीपकबहादुर सिंहसँग राप्रपा नेपालका अध्यक्ष तथा पूर्वमन्त्री कमल थापा पराजित भए । सिंहले २७ हजार ८१६ मत ल्याएर निर्वाचित हुँदा पूर्वउपप्रधानमन्त्री थापा २५ हजार ४२० मतसहित पराजित हुन पुगे । 

यसैगरी, ध्रुवबहादुर प्रधानले पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेललाई पराजित गरेका छन् ।  नवलपरासी–२ मा प्रधानले कांग्रेसका उम्मेदवार कंडेललाई १९ हजार ५९५ मतान्तरले हराएका हुन् । प्रधानले ३४ हजार ९५९ मतसहित निर्वाचित कँडेलले १९ हजार ५९४ मत मात्र ल्याए ।

रुपन्देही ३ मा बहालवाला गृहमन्त्री बालकृष्ण खाणलाई पछि पार्दै राप्रपाका दीपक बोहराले अग्रता लिइरहेका छन् । पछिल्लो अपडेटअनुसार बोहराले २७ हजार ६३१ मतसहित अग्रता लिइरहँदा खाणले २७ हजार १५८ मतसहित पछ्याइरहेका छन् । 

Related Posts

कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य विजयी

काठमाडौं, ३० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्। आचार्यले…

ByByanjana soni ४ दिन अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni ५ दिन अगाडि

कांग्रेसको दलिततर्फ सहमहामन्त्रीमा प्रकाश रसाईली स्नेही अगाडि

काठमाडौं, २८ असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दलिततर्फको मतगणनामा सहमहामन्त्रीमा प्रकाश रसाईली स्नेही, दलित महिला केन्द्रीय सदस्यमा…

ByByanjana soni ६ दिन अगाडि

सुदूरपश्चिमका एमाले सांसद थापाले पदबाट राजीनामा

धनगढी, २८ असोज । पूर्वमन्त्रीसमेत रहेका एमाले सांसद वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन्। सुदूरपश्चिम प्रदेश सांसद थापाले…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *