• Home
  • ताजा समाचार
  • यी हुन् राप्रपा उम्मेदवारसँग पराजित पूर्वमन्त्रीहरू
Image

यी हुन् राप्रपा उम्मेदवारसँग पराजित पूर्वमन्त्रीहरू

काठमाडौैं, ९ मंसिर 

 गत आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम आइरहँदा बहालवाला मन्त्री, पूर्वमन्त्री र पार्टी पदाधिकारी पराजित भएका छन् । 

एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीसहित राजनीतिक दलका पदाधिकारी पराजित भएका छन् । प्रचलित संविधानले व्यवस्था गरेको गणतन्त्र, धर्मनिरपेक्षता, संघीयतासहितका विषयमा फरक विचार राख्दै आएको राप्रपाका उम्मेदवारसँग केही पूर्वमन्त्री पराजित भएका छन् । 

झापा क्षेत्र नम्बर ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग कांग्रेस नेता तथा पूर्वमन्त्री कृष्णप्रसाद सिटौला पराजित भए ।लिङ्देनले ४० हजार ६ सय ४८ मत ल्याएर निर्वाचित हुँदा सिटौलाले ३७ हजार ३ सय ७२ मत पाएर पराजित हुन पुगे ।

मकवनापुर क्षेत्र नम्बर १ मा राप्रपाका दीपकबहादुर सिंहसँग राप्रपा नेपालका अध्यक्ष तथा पूर्वमन्त्री कमल थापा पराजित भए । सिंहले २७ हजार ८१६ मत ल्याएर निर्वाचित हुँदा पूर्वउपप्रधानमन्त्री थापा २५ हजार ४२० मतसहित पराजित हुन पुगे । 

यसैगरी, ध्रुवबहादुर प्रधानले पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेललाई पराजित गरेका छन् ।  नवलपरासी–२ मा प्रधानले कांग्रेसका उम्मेदवार कंडेललाई १९ हजार ५९५ मतान्तरले हराएका हुन् । प्रधानले ३४ हजार ९५९ मतसहित निर्वाचित कँडेलले १९ हजार ५९४ मत मात्र ल्याए ।

रुपन्देही ३ मा बहालवाला गृहमन्त्री बालकृष्ण खाणलाई पछि पार्दै राप्रपाका दीपक बोहराले अग्रता लिइरहेका छन् । पछिल्लो अपडेटअनुसार बोहराले २७ हजार ६३१ मतसहित अग्रता लिइरहँदा खाणले २७ हजार १५८ मतसहित पछ्याइरहेका छन् । 

Related Posts

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni १ दिन अगाडि

आशिका तामाङको रिस अझै मरेन, आज पनि खनिइन चिरिबाबु प्रति

काठमाडौं, ७ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पुनः आक्रोश ब्यक्त…

ByByanjana soni २ दिन अगाडि

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

काठमाडौं, ७ भदौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

ByByanjana soni २ दिन अगाडि

Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम

काठमाडौं — नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने लक्ष्यसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *