काठमाडौं, ७ मंसिर । उदयपुर २ (क) मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका नारायणबहादुर बुर्जा मगर विजयी भएका छन् । ८१०५ मत प्राप्त गरी उनी प्रदेश सभा सदस्यमा दोस्रो कार्यकालका लागि निर्बाचत भएका हुन् ।मगरले एमालेका देवराज राईलाई ३५ मतले पराजित गरेका हुन । राईले ८०७० मत प्राप्त गरेको । १९ हजार १५ मत खसेको थियो । निर्बाचन क्षेत्र २ ९ख० मा लिम्चुङबुङ गाउँपालिका, रौतामाई गाउँपालिका, उदयपुरगढी गाउँपालिका पर्दछ ।
त्यस्तै सप्तरी ३ प्रदेश सभा (ख) मा जनमत पार्टीका शम्भुकुमार साह विजयी भएका छन् । उनी १०८६२ मत ल्याएर विजयी भएका हुन् ।साहका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका बिन्देश्वरप्रसाद यादवले १०८१४ मत ल्याएका छन् । नेपाली कांग्रेसका भगवतीप्रसाद यादव ९२०१ मत प्राप्त गरी तेस्रो भए । यसअधि नै सप्तरी २ (क) र (ख) मा जनमत पार्टीकै सतिश सिंह र महेशप्रसाद यादव विजयी भइसकेका छन् ।












