काठमाडौं । मंसिर १५ गते
नेपालमा विदेशी हस्तक्षेप बढेको नेकपा मालेका महासचिव सिपी मैनालीले बताउनु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा बोल्दै मैनालीले विदेशी हस्तक्षेप बढेको बताउनु भएको छ ।

२०४६ सालको परिवर्तन आउँदा समेत विदेशी हस्तक्षेप भित्रिएको उहाँको भनाइ छ । विदेशी हस्तक्षेपकै कारण अहिले देश संकटमा गएको उहाँको दाबी छ ।
प्रचण्डले नेतृत्व गरेर २०६३ सालमा ल्याएको परिवर्तनमा समेत बाह्य हस्तक्षेप बढेको उहाँले जिकिर गर्नु भएको छ । उहाँले जनगणतन्त्र ल्याउन नसकेको प्रचण्ड र बाबुरामहरूले अहिलेसम्म आत्मालोचना समेत गर्न नसकेको आरोप लगाउनु भएको छ ।आत्मालोचना गर्न नसक्दा विदेशी एजेण्डाको भारी बोक्न बाध्य भएको उहाँले बताउनु भएको छ ।














