समानुपातिकको मतपत्र सप्तरीका चारवटै निर्वाचन क्षेत्रमा पुर्याइयो
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं, २ कार्तिक । जिल्ला निर्वाचन कार्यालय सप्तरीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा समानुपातिक मतपत्र पुर्याइएको छ ।निर्वाचन आयोगबाट जिल्ला निर्वाचन कार्यालय सप्तरीमा ल्याइएका मतपत्र कडा सुरक्षाका साथ जिल्लाको कञ्चनरूप, शम्भुनाथ, खडक र राजविराजमा स्थापना गरिएका चारवटै निर्वाचन अधिकृतको कार्यालयलाई हस्तान्तरण गरेको जिल्ला निर्वाचन अधिकारी रमेश जोशीले जानकारी दिए ।
४ लाख १२ हजार ४ सय ४५ मतदाता रहेको सप्तरीमा चार वटा प्रतिनिधिसभा र आठ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको छ ।प्रत्येक निर्वाचन क्षेत्रका मतदाता संख्याको १० प्रतिशत बढी मतपत्र निर्वाचन आयोगले पठाउने प्रावधान रहेको सप्तरीका मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए ।
मुख्य निर्वाचन अधिकृत रावलका अनुसार मतदान केन्द्रमा मतदान अधिकृतलाई खटाएको तीन दिन पहिले मात्रै मतदान स्थलमा मतपत्रसहितका निर्वाचन सामग्री पठाइने प्रावधान रहेको छ ।
४ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि