Trending

समानुपातिकको मतपत्र सप्तरीका चारवटै निर्वाचन क्षेत्रमा पुर्‍याइयो

855Views
0 Shares


काठमाडौं, २ कार्तिक । जिल्ला निर्वाचन कार्यालय सप्तरीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा समानुपातिक मतपत्र पुर्‍याइएको छ ।निर्वाचन आयोगबाट जिल्ला निर्वाचन कार्यालय सप्तरीमा ल्याइएका मतपत्र कडा सुरक्षाका साथ जिल्लाको कञ्चनरूप, शम्भुनाथ, खडक र राजविराजमा स्थापना गरिएका चारवटै निर्वाचन अधिकृतको कार्यालयलाई हस्तान्तरण गरेको जिल्ला निर्वाचन अधिकारी रमेश जोशीले जानकारी दिए ।

४ लाख १२ हजार ४ सय ४५ मतदाता रहेको सप्तरीमा चार वटा प्रतिनिधिसभा र आठ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको छ ।प्रत्येक निर्वाचन क्षेत्रका मतदाता संख्याको १० प्रतिशत बढी मतपत्र निर्वाचन आयोगले पठाउने प्रावधान रहेको सप्तरीका मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए ।

मुख्य निर्वाचन अधिकृत रावलका अनुसार मतदान केन्द्रमा मतदान अधिकृतलाई खटाएको तीन दिन पहिले मात्रै मतदान स्थलमा मतपत्रसहितका निर्वाचन सामग्री पठाइने प्रावधान रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय