• Home
  • अर्थ
  • धमाधम बजार अनुगमनमा काठमाडौं महानगर
Image

धमाधम बजार अनुगमनमा काठमाडौं महानगर

काठमाडौं, १४ असोज
दसैं नजिकिएसँगै काठमाडौं महानगरपालिकाले बजार अनुगमनलाई तीव्र पारेको छ । उपमेयर सुनिता डंगोल नेतृत्वको टोली हरेक दिन बजार अनुगमनमा निस्कने गरेको छ ।

महानगरका अनुसार बिहीबार मात्र साल्ट ट्रेडिङ, बर्गर हाउस, केएफसी फास्टफुडलगायतका ठाउँबाट अखाद्य बस्तु जफत गरिएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनको जडीबुटी विक्री केन्द्रबाट अखण्ड व्राण्डका २० केजी तौलका ६ बोरा चामल, सोही व्राण्डका २५ केजी तौलका २ बोरा चामल र १ केजी तौलका १७ प्याकेट मकैको च्याँख्ला विक्री गर्न रोक लगाएको छ । उत्पादन अनुज्ञा पत्र नभएकोले यी सामान विक्रीमा रोक लगाइएको खाद्य गुणस्तर नियमन तथा पशुपंक्षी महाशाखा प्रमुख डा अवधेश झाले बताए ।

झाकाअनुसार पुरानो सिनामंगल मन्दिर नजिक केएफसी फास्डफुडमा भेटिएको अखाद्य २ लिटर तेल, २५० एमएलका ५ बोतल एप्पल साइडर भेनेगर नष्ट गरिएको छ । पेप्सीकोला टाउन प्लानिङ फुटबल ग्राउण्ड नजिक रहेको द बर्गर हाउस एण्ड क्रन्ची फ्राइ चिकेनको भान्छामा प्रयोग भइरहेको १४ लिटर तेल र यही तेलमा फ्राइ गरिएको १ किलोग्राम कुखुराको मासु नष्ट गरिएको छ । 

आँखाले स्पष्ट देखिने गरी सडे गलेको हुनाले नष्ट गरिएको अभिलेख उतार गर्दै अनुगमनकै क्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौँका खाद्य निरीक्षक नवराज आचार्यले साल्ट टे«डिङ, केएफसी फास्टफुड र द बर्गर हाउसलाई ७ दिनभित्र खाद्य अनुज्ञा पत्र लिएर कार्यालयमा उपस्थित हुन पत्र दिए ।

अनुगमन टोलीले भाटभटेनी सुपर मार्केटको हरेक शाखामा खाद्य अनुज्ञा पत्र राख्न र प्याकेजिङ्का लागि घरेलु तथा साना उद्योग कार्यालयको इजाजत पत्र लिन अनुगमन निर्देशन दिएको छ । 
संकटा गणेश मन्दिरबाट धरहरातर्फ रहेका मासु पसलको पनि अनुगमन गरिएको छ ।

महानगरको टोलफ्री नम्बरमा फोन गरेर उजुरी दिन सकिने
काठमाडौं महानगरपालिकाले १६६००१०५५११ नम्बरको टोल फ्रि नम्बर पनि सञ्चालनमा ल्याएको छ ।

महानगरको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजकसमेत रहेकी उपमेयरसुनिता डंगोलले आफू ठगिएको शंका लागे महानगरलाई निःशुल्क टोल फ्रि नम्बरमा सम्पर्क गरेर उजुरी दिन आग्रह गरिन् ।

Related Posts

२१.३२ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं, २८ असोज । साताको तेस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। पछिल्ला…

ByByanjana soni ५ दिन अगाडि

आज पनि ४ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

काठमाडौं, २७ असोज । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। लगातार चौथो दिन…

ByByanjana soni ६ दिन अगाडि

नेपालमा छैन लगानी गर्ने वातावरण, १० खर्बभन्दा बढी पैसा बैंकमै थन्कियो

काठमाडौं, २६ असोज । गत वर्षको जेनजी आन्दोलनपछि नेपालमा लगानीको वातावरण सुस्त हुँदै गएको छ । सोही कारण…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *