• Home
  • स्वास्थ्य
  • चितवनमा डेङ्गुको संक्रमणबाट फेरि एक जनाको मृत्यु
Image

चितवनमा डेङ्गुको संक्रमणबाट फेरि एक जनाको मृत्यु

चितवन, १३ असोज
चितवनमा डेंगुको संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वीचितवनको राप्ती नगरपालिका–७ की ४० वर्षीय महिला रहेकी छन् । डेंगु संक्रमित महिलाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी रामकुमार केसीले जानकारी दिए ।

स्थानीय मौलाकालिका पोलिक्लिनिकमा परीक्षणका क्रममा ती महिलामा डेंगु पुष्टि भएको थियो । यसअघि असोज २ गते रत्ननगर नगरपालिका–१ का २७ वर्षीय पुरुषको डेंगुको संक्रमणका कारण मृत्यु भएको थियो ।

चितवनमा बुधबारसम्म ७४३ जनामा डेंगु सक्रमण पुष्टि भएको छ । तीमध्ये ४५९ चितवनका हुन् । बाहिरी जिल्लाका १७५ र ठेगाना नखुलेका १०९ जना रहेका छन् । चार हजार ४४९ जनाको परीक्षणका क्रममा उनीहरुमा डेंगु संक्रमण पुष्टि भएको केसीले बताएका छन् ।

Related Posts

पर्साको स्वास्थ्य क्षेत्रमा भरोसाको नाम बन्दै डा. निरज सिंह

वीरगञ्ज । पर्साको स्वास्थ्य क्षेत्रमा सक्रिय, अनुभवी र बिरामीको विश्वास जित्न सफल चिकित्सकका रूपमा डा. निरज सिंहको नाम…

ByByanjana soni १ महिना अगाडि

ग्रीन सिटी सामुदायिक प्रहरी,रुङ्गटा वेलफेयर सोसाइटी द्वारा स्मार्ट पुलिस अवधारणामा नयाँ फड्को,पर्साबाट डिजिटल शौचालय सेवा सुरु

वीरगञ्ज २३ चैत जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी कर्मचारीहरूको सुविधा, स्वच्छता तथा स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको…

ByByanjana soni ६ महिना अगाडि

मिथिला कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले रंग मिथिला हेरिटेज एण्ड फेस्टिवल (RMF) आयोजना

मिथिला कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले रंग मिथिला हेरिटेज एण्ड फेस्टिवल (RMF) आयोजना⁶ गरिने भएको…

ByByanjana soni ६ महिना अगाडि

हाईलाइफ फुड्सको ‘बासमती राइस संग फेस्टिभ भाइब्स’ अभियान: काठमाडौँका मयुर बस्नेत एक लाख सहित विजेता

काठमाडौँ, – हाईलाइफ फुड्सले चलाएको “बासमती राइस संग फेस्टिभ भाइब्स” अभियानको मुख्य विजेता काठमाडौँका मयुर बस्नेत बनेका छन्।…

ByByYOUTV Nepal ९ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *