• Home
  • खेलकुद
  • साबा च्याम्पियनसिप: श्रीलंका च्याम्पियन, नेपाल उपविजेता
Image

साबा च्याम्पियनसिप: श्रीलंका च्याम्पियन, नेपाल उपविजेता

काठमाडौं, १३ असोज
साबिकको विजेता श्रीलंका घरेलु टोली माल्दिभ्समाथि ७५–५९ को जित निकाल्दै साबा महिला बास्केटबल च्याम्पियनसिपको विजेता  बनेको छ । 

नेपाल भने उपविजेता भएको छ ।  प्रतियोगितमा नेपाल, माल्दिभ्स, भुटान र श्रीलंकागरि चार टोली सहभागी थिए । राउन्ड रोबिन पद्दतीपछि शीर्ष स्थानमा रहेको श्रीलंका च्याम्पियन बन्यो ।

पहिलो खेलमा माल्दिभ्सलाई ५१–४७ को नतिजा सुम्पिएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ५५–४९ ले हराएको थियो । तेस्रो खेलमा बुधबार भुटानमाथि ३५–२६ को जितसहित नेपालले यस पटक च्याम्पियन बन्ने सम्भावना जीवित राखेको थियो।

तर श्रीलंकाले माल्दिभ्सलाई हराएसँगै नेपालको च्याम्पियन बन्ने लक्ष्यले पूर्णता पाएन । दक्षिण एसियाली बास्केटबल संघ (साबा) महिला बास्केटबल च्याम्पियनसिपको यो दोस्रो संस्करण हो ।

यसअघि सन् २०१६ मा नेपालमा भएको पहिलो संस्करणको फाइनलमा श्रीलंकासँग पराजित हुँदा नेपाल उपविजेता बनेको थियो ।

Related Posts

११ रनले Victory 8 लाई हराउँदै Luxury Stars Cricket विजयी

काठमाडौं । Kings T20 Cricket League को पहिलो दिन भएको रोमाञ्चक खेलमा Luxury Stars Cricket ले Victory 8…

ByByanjana soni २ हप्ता अगाडि

एनपिएल: प्लेअफबाट बाहिरिएका जनकपुर र कर्णाली आज भिड्दै, प्रतिष्ठाको लडाईं

काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को लिग चरणको अन्तिम खेल आज हुँदैछ। प्रतियोगिताको प्लेअफ दौडबाट बाहिरिसकेका…

ByByanjana soni ९ महिना अगाडि

एनपीएल: लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच आज निर्णायक भिडन्त

काठमाडौं। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज (शुक्रबार) लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच महत्त्वपूर्ण प्रतिस्पर्धा हुँदैछ।…

ByByanjana soni ९ महिना अगाडि

एनपीएल : आज लुम्बिनी र विराटनगर खेल्दै

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (बुधबार) विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच महत्वपूर्ण खेल हुँदैछ। त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय…

ByByanjana soni ९ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *