Image

अस्कर २०२३ को होस्ट प्रस्ताव क्रिसद्वारा अस्वीकार

यो वर्षको मार्चमा भएको अस्कर इभेन्टमा भएको थप्पड काण्ड पछि हलिउड कमेडियन क्रिस रकले आगामी वर्षको अस्कर होस्ट गर्ने प्रस्तावलाई अस्वीकार गरेका छन् । अस्कर २०२२ को बेला अभिनेता विल स्मिथले अस्कर समारोह भइरहँदा होस्ट क्रिसलाई थप्पड हानेका थिए । यो घटनापछि अभिनेता लगातार विवादमा आइरहेका छन् ।

विलले यो घटनापछि अस्कर एकेडेमीबाट राजीनामासमेत दिनुपरेको थियो । यद्यपि उनले सार्वजनिक रुपमा आफ्नो हर्कतका लागि माफीसमेत मागेका थिए । तर, मामला अझ बढ्दै गएपछि उनले राजीनामा दिनु परेको थियो । एकेडेमीले स्मिथलाई १० वर्षसम्म प्रतिबन्ध लगाइसकेको छ ।

क्रिसले पुनः अस्करमा जानु आफ्नो लागि अपराध गरेर फर्किए सरह हुने बताएका छन् । उनले आफूलाई होस्ट गर्ने अफरलाई सन् १९९५ मा भएको ओजे सिम्पसन मर्डर घटनासँग तुलना गर्दै पुनः अस्कर होस्ट गर्नु भनेको आफ्ना लागि ब्राउनलाई उनको आमाको हत्या भएको ठाउँमा पठाउनुजस्तै भएको खुलाए ।

उनले थप्पड काण्डपछि सुपर बलको विज्ञापनमा अभिनयको प्रस्ताव पनि अस्वीकार गरेको खुलाएका छन् । विलले आफ्नो पत्नी जेडा स्मिथमाथि क्रिसले मजाक गरेपछि विलले उनीमाथि थप्पड हिर्काएका थिए । क्रिसले जेडाको मुण्डन शीरमाथि मजाक गरेका थिए ।

Related Posts

इन्टरनेशनल फेसन विक २०२६ को ‘रनवे एम्बेसडर’मा रेनाटा कट्टेल

  काठमाडौं । इन्टरनेशनल फेसन विक २०२६ का लागि रेनाटा कट्टेललाई ‘रनवे एम्बेसडर’का रूपमा प्रस्तुत गरिएको छ। फेसन,…

ByByanjana soni ४ हप्ता अगाडि

Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम

काठमाडौं — नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने लक्ष्यसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni २ महिना अगाडि

पूजा ठाकुरको ‘तीजैमा छमछम’ सार्वजनिक, तीजको मौलिक संस्कृति र उल्लाससँगै नाच्दैछ नेपाली मन

नेपाली महिलाहरूको महत्वपूर्ण पर्व हरितालिका तीजलाई लक्षित गर्दै नयाँ तीज गीत ‘तीजैमा छमछम’ सार्वजनिक गरिएको छ। गीतको भिडियोमा…

ByByanjana soni २ महिना अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ४ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *