पनौतीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
By Anusha sijapati
४ वर्ष अगाडि
Comments: 0
काभ्रेपलाञ्चोक, १३ भदौ
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ बसपार्कमा गएराती मोटरसाइकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१३ का ३० वर्षीय प्रमात्मा तिवारी रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा बनेपा स्थित शीर मेमोरीयल अस्पतालमा मृत्यु भएको हो ।
पनौतीबाट खोपासीतर्फ जाँदै गरेको बा ६० प ५२४३ नम्बरको मोटरसाइकल गएराती पौने १२ बजे अनियन्त्रित भइ सडकको भित्तामा ठोकिएको प्रहरी चौकी पनौतीले जनाएको छ ।
४ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि