फोहोरलाई ऊर्जामा परिवर्तन गर्न प्राविधि जडान गरिँदै

780Views
0 Shares

सुर्खेत, ७ भदौ

 फोहोरबाट विद्युत् निकाल्ने लागि कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले प्राविधि जडान गर्न लागेको छ ।  जनसंख्याको चापसँगै बढ्दो सहरीकरणले दैनिक फोहोर बढीरहेको भन्दै मन्त्रालयले माननीय क्रियाकलापबाट उत्पादन हुने फोहोरबाट विद्युत् उत्पादन गर्नका लागि प्राविधि जडान गर्न लागेको बताएको छ ।  

आर्थिक वर्ष २०७९–८० मा बजेट बिनियोजन गरि फोहोरबाट ऊर्जा निकाल्नका लागि काम सुरु गर्न लागिएको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए । देशका अन्य ठाउँमा समेत यो प्राविधिबाट ऊर्जा निकाल्ने काम सुरु भएको भन्दै अत्यन्तै ऊर्जा कम उत्पादन भएको कर्णालीमा छिटोभन्दा छिटो सबैलाई उज्यालो पुर्‍याउनका लागि फोहोरबाट ऊर्जा निकाल्ने प्राविधि जडान गरि काम सुरु गर्न लागिएको मन्त्री सिंहको भनाइ छ । 

आवश्यक बजेट बिनियोजन गरि मन्त्रालयले बजेट खर्चिन लागेको छ । पहिलो चरणको यो कार्य सफल भएमा फोहोरबाट विद्युत् निकाल्नका लागि अन्य ठाउँमा समेत विस्तार गर्न लागिएको योजना महाशाखाका प्रमुख गोपाल शर्माले जानकारी दिए । अहिले सुर्खेतको वीरेन्द्रनगर, रुकुम पश्चिमको चौरजहारी, जुम्ला खलंगा, जाजरकोटको कुदु, दल्ली, कालीमटी, सल्यानका केही भागमा बसोबास बाक्लो रहेको छ । 

जनसंख्य बाग्लो रहेको ठाउँमा फोहोरसमेत बढी उत्पादन हुने भएकाले सोही फोहोरबाट विद्युत् उत्पादनको काम युद्ध स्तरमा हुन सके फोहोर व्यवस्थापनका साथै ऊर्जा उत्पादनबाट लाभ लिन सकिने मन्त्रालयका सचिव देवराज निरौलाले जानकारी दिए ।

कर्णालीमा यो पहिलो अभ्यासका रुपमा लिइएको छ ।  त्यस्तै पीपीपी मोडलमा सौर्य प्राविधि जडान कार्य समेत गर्न लागिएको छ । विद्युतको बढ्दो माग र १३२ केभी प्रशारण लाइन निर्माण कार्य पूरा नभएकाले विभिन्न वैकल्पिक रुपमा विद्युत् उत्पादन गरी जनतालाई उज्यालो उपलब्ध गराउने अभियानलाई तिव्रता दिइएको मन्त्रालयको भनाइ छ । वातावरण प्रदूषित हुनबाट जोगिनका लागि समेत सघाउन पुग्ने अपेक्षा लिइएको मन्त्री सिंहले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय