• Home
  • अर्थ
  • धौलागिरि लघुवित्तको आईपीओ बाँडफाँट भोलि हुने
Image

धौलागिरि लघुवित्तको आईपीओ बाँडफाँट भोलि हुने

काठमाडौं, ७ भदौ

धौलागिरि लघुवित्तको आईपीओ भोलि बुधबार बाँडफाँट हुने भएको छ । धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा बिहान १० बजे आईपीओ बाँडफाँट हुनेछ । यो लघुवित्तको आईपीओको प्रि-अलटमेन्टको काम भने आइतबार नै सकिएको थियो । 

धौलागिरि लघुवित्तले गत २४–२९ साउनसम्म आईपीओ बिक्री गरेको थियो । संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ३ लाख ३१ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो ।

जसमा ५ प्रतिशतले हुन आउने १६ हजार ५५० कित्ता सामूहिक लगानी कोष र ५ हजार १५५ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको थियो । बाँकी ३ लाख ९ हजार २९५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका छन् । 

निष्कासनको अन्तिम दिनसम्म यो आईपीओमा १९ लाख ५२ हजार ४६० जनाले २ करोड १७ लाख २१ हजार ५७० कित्ताका लागि आवेदन दिएका छन् ।

धौलागिरी लघुवित्तको आईपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ । गोलाप्रथाबाट भाग्यमानी ३० हजार ९२९ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन । तिनै भाग्यमानीमध्ये थप ५ जनाले एक–एक कित्ता सेयर पाउनेछन् । यो आईपीओमा १९ लाख बढी आवेदकबाट हात खाली हुने देखिएको छ ।

Related Posts

२१.३२ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं, २८ असोज । साताको तेस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। पछिल्ला…

ByByanjana soni ६ दिन अगाडि

आज पनि ४ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

काठमाडौं, २७ असोज । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। लगातार चौथो दिन…

ByByanjana soni १ हप्ता अगाडि

नेपालमा छैन लगानी गर्ने वातावरण, १० खर्बभन्दा बढी पैसा बैंकमै थन्कियो

काठमाडौं, २६ असोज । गत वर्षको जेनजी आन्दोलनपछि नेपालमा लगानीको वातावरण सुस्त हुँदै गएको छ । सोही कारण…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *