• Home
  • खेलकुद
  • केन्या प्रस्थान गर्ने नेपाली टिमको बिदाइ
Image

केन्या प्रस्थान गर्ने नेपाली टिमको बिदाइ

काठमाडौं, ६ भदौ

नेपाल क्रिकेट संघ (क्यान) ले केन्या भ्रमणमा जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको सोमबार बिदाइ गरिएको छ ।

नेपाली टिम त्यसतर्फ साेमबार साँझ प्रस्थान गर्नेछ  । नेपाली टिम शारजाह हुँदै केन्या पुग्ने कार्यक्रम छ । १६ खेलाडीसहित पाँच अफिसियल त्यसतर्फ प्रस्थान गर्नेछन् । 

नेपालले घरेलु टोली केन्यासँग पाँच टी २० खेल र तीन एकदिवसीय शृंखला खेल्ने कार्यक्रम छ । नेपालले यो शृंखलालाई आईसिसी विश्वकप २ को तयारीको लागि हेरेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले केन्या भ्रमणमा जाने टोलीलाई शुभकामना दिँदै विश्वकप २ अघि यस खेलले राम्रो तयारी हुने बताए । 

नेपाली टिमः सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख, आरिफ शेख (विकेट किपर), दीपेन्द्रसिंह ऐरी, देव खनाल, आदील आलम, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बसिर अहमद, अर्जुन साउद (विकेट किपर), पवन सर्राफ, शाहब आलम, किशोर महतो, विवेक यादव

Related Posts

विश्वकप अधिकार बेच्ने गोप्य योजना: फिफा अध्यक्ष इन्फान्टिनोले मागे माफी

काठमाडौं, ३० असोज। अध्यक्ष जियानी इन्फान्टिनोले ‘फिफा फरवार्ड इन्टरप्राइज’मार्फत विश्वकपका अधिकारहरू बेच्ने आफ्नो योजनाका लागि फिफा काउन्सिल समक्ष…

ByByanjana soni २ हप्ता अगाडि

माइकल जोर्डनको ‘लास्ट डान्स’ जर्सी कीर्तिमानी १ करोड ४० लाख डलरमा बिक्री

काठमाडौँ, २८ असोज । सन् १९९८ को एनबीए फाइनलको ‘लास्ट डान्स’ शृङ्खलाअन्तर्गत दोस्रो खेलमा माइकल जोर्डनले लगाएको जर्सी…

ByByanjana soni २ हप्ता अगाडि

राेहित पाैडेलकाे शतकमा ओमानलाई नेपालले दियाे २३६ रनकाे लक्ष्य

रोहित पौडेलको शतकमा क्यानडालाई नेपालको २३६ रनको लक्ष्य आईसीसी विश्वकप लिग–२ अन्तर्गत क्यानडाविरुद्ध नेपालले २३६ रनको लक्ष्य दिएको…

ByByanjana soni ३ हप्ता अगाडि

११ रनले Victory 8 लाई हराउँदै Luxury Stars Cricket विजयी

काठमाडौं । Kings T20 Cricket League को पहिलो दिन भएको रोमाञ्चक खेलमा Luxury Stars Cricket ले Victory 8…

ByByanjana soni २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *