• Home
  • ताजा समाचार
  • ‘प्रेमगीत ३’ लाई  चिनियाँ भाषामा डब गर्दै, चीनमा समेत रिलिज गर्ने तयारी सुरु
Image

‘प्रेमगीत ३’ लाई  चिनियाँ भाषामा डब गर्दै, चीनमा समेत रिलिज गर्ने तयारी सुरु

काठमाडौं, १ भदाै

‘प्रेमगीत ३’लाई चिनियाँ भाषामा डब गर्दै चीनमा समेत रिलिज गरिने भएको छ ।

प्रदीप खड्का स्टारर फिल्मको चीन रिलिजबारे बुधबार मुम्बईमा वितरण कम्पनीहरु यूएफओ, मधु इन्टरटेनमेन्टसहित नेपाली र भारतीय निर्माताबीच पहिलो चरणको बैठक बसेको छ ।

मुम्बईबाट अनलाइनखबरसँग कुरा गर्दै निर्माता सन्तोष सेनले चिनियाँ भाषामा रिलिज गर्न तयारी सुरु भएको बताए । उनका अनुसार यूएफओले चिनियाँ हलहरुमा फिल्म प्रदर्शन गर्नेछ ।

‘प्रेमगीत ३’ को समुद्रपार वितरण अधिकार यूएफओ र मधु इन्टरटेनमेन्टले लिएका छन् । चीनमा हिन्दी र अंगे्रेजी भाषा प्रयोगमा नआउने भएकाले चिनियाँ मन्डारियन भाषामै डब गर्नुपर्ने बाध्यता छ ।

‘फिल्मको कथावस्तु र हिमाली क्षेत्रको लोकेसन सेटअपले चिनियाँ दर्शकलाई पनि आकर्षित गर्न सक्ने देखिएकाले चिनियाँ पक्षले फिल्म प्रदर्शनको लागि आग्रह गरेपछि बैठक बसेको हो,’ सेनले भने ।

चिनियाँ भाषामा डब गर्न केही समय लाग्ने भएकाले एक-दुई महिना ढिलो गरेर प्रदर्शन गर्ने तयारी भएको सेनले बताए । चीन रिलिजबारेको दोस्रो बैठक दुई-तीन दिनमै पुनः बस्ने भएको छ ।

चीन विश्वको सबैभन्दा ठूलो फिल्म बजार हो । सन् २०२१ को आँकडाअनुसार चीनमा फिल्मको कुल बजार ७.३ बिलियन अमेरिकी डलर छ । भारत चाहिं ०.५ बिलियन डलरसहित विश्वको आठौं ठूलो फिल्म बजार हो । दोस्रो ठूलो फिल्म बजार अमेरिकी फिल्म बजारको आकार सन् २०२१ मा ४.५ बिलियन डलर छ ।

‘प्रेमगीत ३’ले नेपाली फिल्मको अन्तर्राष्ट्रियकरणमा सघाउ पुर्‍याउने आशा निर्माता सेनले व्यक्त गरे ।

Related Posts

इन्टरनेशनल फेसन विक २०२६ को ‘रनवे एम्बेसडर’मा रेनाटा कट्टेल

  काठमाडौं । इन्टरनेशनल फेसन विक २०२६ का लागि रेनाटा कट्टेललाई ‘रनवे एम्बेसडर’का रूपमा प्रस्तुत गरिएको छ। फेसन,…

ByByanjana soni २ दिन अगाडि

इन्डोर सुपर लिगको फाइनलअघि सेलिब्रिटी क्रिकेट उत्सवको शानदार जित

काठमाडौं । इन्डोर सुपर लिग (ISL) सिजन–२ को फाइनलअघि आयोजित मैत्रीपूर्ण सेलिब्रिटी क्रिकेट खेलमा सेलिब्रिटी क्रिकेट उत्सवले टिम…

ByByanjana soni २ हप्ता अगाडि

Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित

  काठमाडौं । नेपाली फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं Face of Nepal…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *