• Home
  • समाचार
  • चिकित्सकको लापरबाहीले शिशुको मृत्यु भएको परिवारको आरोप
Image

चिकित्सकको लापरबाहीले शिशुको मृत्यु भएको परिवारको आरोप


काठमाडौं । भदौ १ गते
सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सकहरुको लापरबाहीले गर्भमै एक शिशुको ज्यान गरेको आफन्तहरूले आरोप लगाएका छन् ।सप्तरीको डाक्नेश्वरी नगरपालिका(३ हटेलकी २२ वर्षीया सिमलादेवी साहको गर्भमा रहेको शिशुको समयमा उपचार नपाउँदा मृत्यु भएको आफन्तको आरोप छ। सुत्केरी व्यथाले च्यापेपछि सोमबार बिहान साढे ८ बजे गजेन्द्रनारायण अस्पताल भर्ना गरिएको सिमलाका श्रीमान् प्रमोदकुमार साहले बताए ।

अस्पताल भर्ना गरेपछि एकपटक चिकित्सकले स्वास्थ्य अवस्थाबारे जानकारी लिए पनि थप व्यथाले च्यापेर सहन नसकेपछि पटकपटक चिकित्सकलाई सम्पर्क गर्दा हेर्नसमेत नआउँदा गर्भमा शिशुको मृत्यु भएको प्रमोदको आरोप छ।

चिकित्सकले समयमा चेकजाँच नगर्दा उपचारको अभावमा सोमबार राति साढे ८ बजे शिशु मृत जन्मिएको बताए । गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश साहले गर्भवती महिलाको उपचार लापरबाही नभएको बताए । उनले भने, ‘बच्चाको सालनालले घाँटीमा बेरिएर दिसा खाएर बच्चाको मृत्यु भएको हो।’कतिपय केसमा सावधानी अपनाउँदा पनि यस्ता दुखद् घटना हुने गरेको बताउँदै मेसु डा। साहले चिकित्सकको लापरबाहीले शिशुको मृत्यु भएको आरोप निराधार रहेको बताए ।

Related Posts

पर्साको स्वास्थ्य क्षेत्रमा भरोसाको नाम बन्दै डा. निरज सिंह

वीरगञ्ज । पर्साको स्वास्थ्य क्षेत्रमा सक्रिय, अनुभवी र बिरामीको विश्वास जित्न सफल चिकित्सकका रूपमा डा. निरज सिंहको नाम…

ByByanjana soni १ महिना अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni १ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *