Image

अस्पतालमा भाइरलका बिरामी बढे

काठमाडौं, ३१ साउन 

जिल्ला अस्पताल खोटाङमा भाइरलका बिरामी बढेका छन् । एक सातायता  जिल्ला अस्पताल दिक्तेलमा उच्च ज्वरो आउने, टाउको दुख्ने, जोर्नी दुख्ने, घाँटी दुख्ने, शरीर थाक्ने र गल्ने लगायत लक्षण देखिएकाे भन्दै बिरामीहरू आइरहेका छन् । 

जिल्ला अस्पतालको ओपिडिमा आइतबार र बुधबार एक सय ६० जना आएकाे जिल्ला अस्पताल खोटाङका डा. पुष्कल राईले बताए । अन्य दिन कम्तीमा एक सय बिरामी आएका थिए । चेकजाँचमा आएकामध्ये ५० देखि ६० प्रतिशत बिरामीमा कोभिड–१९ को लक्षण देखिएको डा. राईले बताए । 

भाइरलबाट स्वयं जिल्ला अस्पतालका स्वास्थ्यकर्मी ग्रसित छन् । भाइरलले स्वास्थ्यकर्मी नै बिरामी परेपछि अस्पताल आउने बिरामी समस्यामा परेका छन् । 

Related Posts

इन्टरनेशनल फेसन विक २०२६ को ‘रनवे एम्बेसडर’मा रेनाटा कट्टेल

  काठमाडौं । इन्टरनेशनल फेसन विक २०२६ का लागि रेनाटा कट्टेललाई ‘रनवे एम्बेसडर’का रूपमा प्रस्तुत गरिएको छ। फेसन,…

ByByanjana soni १ दिन अगाडि

इन्डोर सुपर लिगको फाइनलअघि सेलिब्रिटी क्रिकेट उत्सवको शानदार जित

काठमाडौं । इन्डोर सुपर लिग (ISL) सिजन–२ को फाइनलअघि आयोजित मैत्रीपूर्ण सेलिब्रिटी क्रिकेट खेलमा सेलिब्रिटी क्रिकेट उत्सवले टिम…

ByByanjana soni १ हप्ता अगाडि

Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित

  काठमाडौं । नेपाली फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं Face of Nepal…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *