• Home
  • समाचार
  • आज ७ सय १० जनामा कोरोना संक्रमणको पुष्टि , दुई जनाको मृत्यु
Image

आज ७ सय १० जनामा कोरोना संक्रमणको पुष्टि , दुई जनाको मृत्यु

काठमाडौं । साउन १२ गते
पाछिल्लो २४ घण्टामा नेपालमा सात सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार २५ जनामा गरिएको नमुना परीक्षणका क्रममा सात सय १० जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २५ सय ४१ जनाको पिसीआर र २४ सय ८४ जनाको एन्टीजेन परीक्षण गरिएको थियो । यस्तै, पछिल्लो २४ घण्टामा दुई जना कोरोना संक्रमितको पनि मृत्यु भएको छ । उनीहरूको उपचारका क्रममा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिले ४२ सय ३६ जना संक्रिय कोरोना संक्रमित रहेका छन् । नेपालमा हालसम्म कोरोनाबाट ११ हजार नौ सय ६२ जनाको मृत्यु भइसकेको छ ।यस्तै, दुई सय १५ जना पछिल्लो एक दिनमा संक्रमणमुक्त भएका छन् ।

Related Posts

पर्साको स्वास्थ्य क्षेत्रमा भरोसाको नाम बन्दै डा. निरज सिंह

वीरगञ्ज । पर्साको स्वास्थ्य क्षेत्रमा सक्रिय, अनुभवी र बिरामीको विश्वास जित्न सफल चिकित्सकका रूपमा डा. निरज सिंहको नाम…

ByByanjana soni १ महिना अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni १ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *