Image

५७ लागे सलमान खान, अब काठमाडौं कहिले आउलान् ?

काठमाडौं  पुष १२

 बलिउड सुपरस्टार सलमान खान आज ५७ औं जन्मदिन मनाउँदैछन् । बर्थडे मनाउन गएराति उनले मुम्बईमा ग्राण्ड पार्टीको आयोजना गरे, जहाँ बलिउड सेलिब्रिटी उपस्थित थिए ।

शाहरुख खान पनि पार्टीमा उपस्थित भए । सलमानलाई उनले कसिलो अँगालोमा बाँधे र शुभकामना दिए । कालो पहिरनमा यी दुवै जना स्टार ह्यान्डसम देखिएका थिए ।सलमानले जमघटमा पूर्वप्रेमिका संगीता बिलजानीलाई चुम्बन गरेको दृश्य भाइरल बनिरहेको छ । संगीता पनि बर्थडे पार्टीमा उपस्थित थिइन् । सन् ९० को दशकमा संगीता र सलमानबीच इन्गेजमेन्ट भए पनि केही समयपछि तोडिएको थियो । त्यसयता उनीहरु मिल्ने साथी बनेका छन् ।

नेपालमा आयोजना गर्ने भनिएको सलमानको द ब्याङ रिलोडेड टुर दुईपटक स्थगित भइसकेको छ । गत जेठ १४ गते दशरथ रंगशालमा हुने भनिएको कार्यक्रम अन्तिम समयमा रोकिएको थियो ।

त्यसबेला तत्कालीन पर्यटनमन्त्री प्रेमबहादुर आले र सलमानबीच भर्चुअल संवाद भएको थियो । उक्त कुराकानीमा मन्त्री आलेले सलमानलाई लन्चदेखि माउण्टेन फ्लाइटसम्मको निम्तो दिएका थिए । सलमान आफैंले नेपाल आउन उत्साहित रहेको बताएका थिए ।

सलमानको रोकिएको कन्सर्टलाई आयोजना गर्न द ओडीसी इन्टरटेनमेन्ट पुनः कस्सिएको छ । ओडीसीका प्रबन्ध निर्देशक सीमान्त गुरुङले वैशाख अन्त्यतिरको मिति प्रस्ताव गरिएको बताए ।

पुस अन्त्यदेखि वैशाखसम्म दशरथ रंगशालामा ए डिभिजन फुटबल लिग सञ्चालन हुने भएकाले लिग सकिएपछि कन्सर्ट गर्ने ओडीसीको तयारी छ । ‘लिग सकिएपछि १० दिन ग्याप राखेर कार्यक्रम गर्नेबारे राष्ट्रिय खेलकुद परिषदसँग छलफल हुँदैछ,’ गुरुङले भने ।

‘हामीले पनि लिगको अफिसियल मिति कुरेर बसिरहेका छौं । यो कन्सर्टको डेट पनि लिगसँगै जोडिएको छ,’ उनले अनलाइनखबरसँग भने ।

Related Posts

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni ५ दिन अगाडि

सामाजिक सञ्जालमा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ भनिने मनीष पाण्डे पक्राउ

काँकडभिट्टा । सामाजिक सञ्जालमा विवादास्पद तथा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ नामले चिनिने मनीष पाण्डे पक्राउ परेका छन्।…

ByByanjana soni १ हप्ता अगाडि

‎शान्तिकुञ्जबाट तीन ज्योति कलश रथ रवाना, ५० भन्दा बढी जिल्लामा जनजागरण अभियान

रौतहट २५ असोज । गायत्री परिवारकी संस्थापिका माता भगवती देवी शर्माको जन्मशताब्दी समारोहलाई जनस्तरसम्म पुर्‍याउने उद्देश्यले भारतको हरिद्वारस्थित…

ByByanjana soni १ हप्ता अगाडि

गौशालामा नवदुर्गा महोत्सव २०८३ आयोजना हुँदै, घटस्थापनाको दिन भव्य कलश यात्रा

  काठमाडौं। श्री माँ भवानी दुर्गा पूजा तथा हिन्दू संस्कृति परिषद्ले यस वर्ष पनि नवदुर्गा महोत्सव २०८३ आयोजना…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *