Image

५७ लागे सलमान खान, अब काठमाडौं कहिले आउलान् ?

काठमाडौं  पुष १२

 बलिउड सुपरस्टार सलमान खान आज ५७ औं जन्मदिन मनाउँदैछन् । बर्थडे मनाउन गएराति उनले मुम्बईमा ग्राण्ड पार्टीको आयोजना गरे, जहाँ बलिउड सेलिब्रिटी उपस्थित थिए ।

शाहरुख खान पनि पार्टीमा उपस्थित भए । सलमानलाई उनले कसिलो अँगालोमा बाँधे र शुभकामना दिए । कालो पहिरनमा यी दुवै जना स्टार ह्यान्डसम देखिएका थिए ।सलमानले जमघटमा पूर्वप्रेमिका संगीता बिलजानीलाई चुम्बन गरेको दृश्य भाइरल बनिरहेको छ । संगीता पनि बर्थडे पार्टीमा उपस्थित थिइन् । सन् ९० को दशकमा संगीता र सलमानबीच इन्गेजमेन्ट भए पनि केही समयपछि तोडिएको थियो । त्यसयता उनीहरु मिल्ने साथी बनेका छन् ।

नेपालमा आयोजना गर्ने भनिएको सलमानको द ब्याङ रिलोडेड टुर दुईपटक स्थगित भइसकेको छ । गत जेठ १४ गते दशरथ रंगशालमा हुने भनिएको कार्यक्रम अन्तिम समयमा रोकिएको थियो ।

त्यसबेला तत्कालीन पर्यटनमन्त्री प्रेमबहादुर आले र सलमानबीच भर्चुअल संवाद भएको थियो । उक्त कुराकानीमा मन्त्री आलेले सलमानलाई लन्चदेखि माउण्टेन फ्लाइटसम्मको निम्तो दिएका थिए । सलमान आफैंले नेपाल आउन उत्साहित रहेको बताएका थिए ।

सलमानको रोकिएको कन्सर्टलाई आयोजना गर्न द ओडीसी इन्टरटेनमेन्ट पुनः कस्सिएको छ । ओडीसीका प्रबन्ध निर्देशक सीमान्त गुरुङले वैशाख अन्त्यतिरको मिति प्रस्ताव गरिएको बताए ।

पुस अन्त्यदेखि वैशाखसम्म दशरथ रंगशालामा ए डिभिजन फुटबल लिग सञ्चालन हुने भएकाले लिग सकिएपछि कन्सर्ट गर्ने ओडीसीको तयारी छ । ‘लिग सकिएपछि १० दिन ग्याप राखेर कार्यक्रम गर्नेबारे राष्ट्रिय खेलकुद परिषदसँग छलफल हुँदैछ,’ गुरुङले भने ।

‘हामीले पनि लिगको अफिसियल मिति कुरेर बसिरहेका छौं । यो कन्सर्टको डेट पनि लिगसँगै जोडिएको छ,’ उनले अनलाइनखबरसँग भने ।

Related Posts

बाढीपीडितका लागि हिमालयन बुलियनको १ करोड १ लाख सहयोग, आईपीओमार्फत आम नेपालीलाई जोड्ने तयारी

काठमाडौं । नेपालको निजी क्षेत्रमा तीव्र गतिमा आफ्नो पहिचान बनाउँदै गएको हिमालयन बुलियन कम्पनी लिमिटेडले प्राकृतिक विपत्तिबाट प्रभावित…

ByByanjana soni १ दिन अगाडि

बाढीपीडितको खोज, उद्धार र राहतका लागि नासा सेक्युरिटिजको ५० लाख सहयोग

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार तथा तत्काल राहत कार्यमा सहयोग…

ByByanjana soni २ दिन अगाडि

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १६५ पुग्योः बिपद प्राधिकरण

काठमाडौं, ११ भदौं । नेपाल र तिब्बतमा आएको आकस्मिक बाढी र पहिरोपछि ठूलो स्तरको आपतकालीन उद्धार कार्य जारी…

ByByanjana soni ३ दिन अगाडि

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *