• Home
  • Uncategorized
  • ३५ दिन भित्र अबैध संरचना हटाउनु थिमी नगरपालिकाको निर्देशन
Image

३५ दिन भित्र अबैध संरचना हटाउनु थिमी नगरपालिकाको निर्देशन


काठमाडौं । भदौ १४ गते
मध्यपुर थिमि नगरपालिका, भक्तपुरले अनधिकृत संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ । ३५ दिनभित्र अनधिकृत रूपमा निर्माण गरिएका संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको नगरपालिकाले सो समयसिमा भित्र नहटाएमा कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

‘नगरपालिका क्षेत्रभित्रको अरनिको राजमार्ग, त्यसका सहायक मार्गहरू र नगरका अन्य भित्री सडकहरू तथा क्षेत्रमा समेत प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड विपरित सार्वजनिक बाटो, सडक, जग्गा अतिक्रमण गरी विभिन्न संरचनाहरू निर्माण गर्ने, सार्वजनिक आवागमनमा बाधा अवरोध पुग्ने गरी निर्माण सामग्रीलगायत अन्य सामग्री राख्ने गरिएको पाइएको छ,’ नगरपालिकाले जारी गरिएको सुचनामा भनिएको छ, ‘अव्यवस्थित रूपमा सवारी साधनहरू पार्किङ गर्ने र सडक फुटपाथमा व्यापार व्यवसाय गरी आवागमन अवरुद्ध बनाउने कार्य गरेको देखिएकोले यो सार्वजनिक सूचना जारी गरिएको छ, सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र हटाउनु होला । अन्यथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम र प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।’

काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउन सुरु गरेपछि त्यसको प्रभाव काठमाडौं उपत्यकालगायत देशैभरीका अन्य नगरपालिकामा पनि क्रमशस्देखिन थालेको छ ।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni ७ दिन अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni १ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *