• Home
  • बुद्धिजीवी
  • २०७४ को स्थानीय निर्वाचनमा पराजित वडाध्यक्ष राय पुनः मतगणनामा २ भोटले जित्न सफल
Image

२०७४ को स्थानीय निर्वाचनमा पराजित वडाध्यक्ष राय पुनः मतगणनामा २ भोटले जित्न सफल

जनकपुरधाम : प्रदेश २ को जिल्ला महोत्तरीमा २०७४ को स्थानीय निर्वाचनमा पराजित वडाध्यक्ष पुनः मतगणनामा जितेका छन् । हाम्रो देशको न्याय प्रणाली । रमेश रायलाई जे भएपनि अन्ततः न्याय पाएर वडाध्यक्षमा निर्वाचित भएकोमा हार्दिक बधाई समेत दिने कार्य भइरहेको छ ।
महोत्तरीको मनराशिसवा नगरपालिका वडा नंं १० का वडाध्यक्षमा २०७४ असोज २ गते भएको निर्वाचनमा पराजित स्वतन्त्र उम्मेदवार रमेश राय जितेका हुन् । सर्वोच्च अदालतको आदेमा आइतबार जनकपार उच्च अदालतमा भएको पुनः मतगणनामा २ भोटले राय जितेका हुन् ।
२०७ को निर्वाचनमा नेपाली काँग्रेसका अरुणकुमार चौधरी र स्वतन्त्र उम्मेदवार रायले बराबर २०६७।२७६ भोट ल्याएका थिए । गोलाप्रथा मार्फत काँग्रेका उम्मेदवार चौधरी जितेका थिए । तर चारवर्षपछि पुनः भएको मतगणनामा रारायले २६८ र चौधरीले २६६ मत ल्याएका हुन् । त्यसपछि धान्धली भएको भन्दै पराजित राय अदालत पुगेका थिए । उच्च अदालतले ०७५ असार २१ गतेको आदेशानुसार विवादित विषयको दोहो¥याएर मतगणना गर्न आजका लागि समय निर्धारण गरिएको थियो । उच्च अदालतले ०७५ असार २१ गते १५ दिनभित्र पुनः मतगणना गर्न आदेश दिएपछि फैसला विरुद्ध वडाध्यक्ष चौधरी सर्वोच्चसम्म पुगेका थिए । सर्वोच्चले मुद्दाको सुनुवाइ गर्दै ०७७ चैत ६ गते उच्च अदालत जनकपुरको आदेशलाई सदर गरेको थियो । त्यसपछि पुनः मतगणनाको मिति निर्धारण गर्नुपर्नेमा कोरोना महामारीका कारण लकडाउन भएपछि मिति तोक्न सकिएको थिएन । अन्ततः दोहो¥याएर मतगणनाका लागि समय निर्धारण गरिएको थियो ।

Related Posts

विराटनगर मोरङ ग्रामथान गाउँपालिका २ स्थित श्री सरस्वती माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न गाउँपालिका स्तरीय अन्तर माध्यमिक विद्यालय हाजिरीजवाफ प्रतियोगितामा श्री देवी माध्यमिक विद्यालय, तेतरिया प्रथम हुन सफल भएको छ।

  मोरङ्गकाे ग्रामथान गाउँपालिका–२ स्थित श्री सरस्वती माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न गाउँपालिका स्तरीय अन्तर माध्यमिक विद्यालय हाजिरीजवाफ प्रतियोगितामा…

ByBySulav Rijal २ महिना अगाडि

द ब्रिटिश कलेजको स्पष्टिकरण: सामाजिक सञ्जालमा फैलाइएका आरोप भ्रामक, कलेजको शैक्षिक गतिविधि नियमित

काठमाडौं । द ब्रिटिश कलेजले कलेजविरुद्ध सामाजिक सञ्जाल तथा केही आम सञ्चार माध्यममार्फत फैलाइएका भ्रामक सूचना र आरोपहरूबारे…

ByByYOUTV Nepal ८ महिना अगाडि

युएई ‘शिक्षा घोटाला’मा २००० भन्दा बढी नेपाली विद्यार्थी ठगिए!

काठमाडौँ — संयुक्त अरब इमिरेट्स (युएई) मा ‘नक्कली विश्वविद्यालय’ को बिगबिगीले २००० भन्दा बढी नेपाली विद्यार्थीहरू ठगिएका छन्।…

ByByanjana soni ९ महिना अगाडि

२५ न.वडामा कम्प्युटर बेशिक तथा लेखा तालिम समापन।

ज्येष्ठ ७गते आज एक कार्यक्रमबिच २५ न.वडाका विधार्थीहरुलाइ ४५दिने(९० घण्टे)कम्प्युटर बेशिक तथा लेखा तालिम प्रमाण पत्र बितरण गरी…

ByByYOUTV Nepal १ वर्ष अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *