२०औं  लिस्नुकप फुटबल, फर्साटिकर क्लब सेमिफाइनलमा प्रवेश

745Views
0 Shares

काठमाडौं, भदौ २७ गते
साबिक विजेता फर्साटिकर युथ क्लब रुपन्देहीको कोटीहवामा जारी २०औं लिस्नु कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।आइतबार कोटीहवा स्थित पशुपति माविको मैदानमा सम्पन्न पहिलो क्वाटरफाइनलमा गोर्खा व्वाइज स्पोर्टश क्लब बुटवललाई ३–० गोलले पराजित गर्दै फर्साटिकर क्लब सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

फर्साटिकरको जितमा खेल सुरु भएको १९ औं मिनेटमा विवेक पुनले पहिलो गोल गर्दै १–०ले अग्रता दिलाएका थिए । ३० औं मिनेटमा बलराम न्यौपानेले गोल गरी २–०को अग्रता बनाउन सफल भए । मध्यान्तर सम्म २ गोलले पछि परेको गोर्खा ब्वाईजले ३ वटा राम्रा अवसर पाएको थियो खेलमा फर्कन । तर मौका चुकायो ।

मध्यान्तर पछि ६४ मिनेटमा फर्साटिकरका निजाम अलिले गोल गर्दै ३–० को अग्रता पुर्‍याए । जितसँगै साबिक विजेता फर्साटिकर युथ क्लबले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

खेलमा फर्साटिकरका विष्णु लामा म्यान अफ द म्याच घोषित हुँदै ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । लामा लाई तिलोत्तमा १६का समाजसेवी एवं क्लबका शुभेच्छुक पुरुषोत्तम सुबेदीले पुरस्कार दिए ।

त्यसै गरी सोही क्लबका बलराम न्यौपाने माईडिया म्यान अफ द मुभमेन्ट बाट पुरस्कृत भए । प्रतियोगितामा रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा र स्याङ्जाका गरी १६ टिमको सहभागिता रहेको छ भने विजेताले ३ लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले १ लाख ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने छन् ।

त्यस्तै गरी सेमिफाइनलमा पराजित हुने २ टिमले जनही २५ हजार रुपैयाँ, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ तथा उत्कृष्ट गोलरक्षक, उदयमान खेलाडी र सर्वाधिक गोलकर्ताले जनही ७ हजार रुपैयाँ तथा प्रत्येक दिनको म्यान अफ द म्याचले ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष तीर्थ राज मल्लले बताए ।

प्रतियोगितामा यस पटक सोही स्थानकी श्रीमाया गुरुङले आफ्ना बुवा स्व। डिम बहादुर गुरुङको स्मृतिमा मुख्य प्रायोजकको रूपमा सहयोग गरेको क्लबले जनाएको छ । सोमबार दोस्रो क्वाटर फाइनल खेलमा फोर ब्रदर्श एफ.सी.नवलपरासी तथा राईजिङ्ग स्टार युवा क्लब शिवराज नगरपालिका कपिलवस्तु बिच हुने आयोजक लिस्नु युवा क्लब का सचिव मनोज क्षेत्रीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय