• Home
  • कर्णाली प्रदेश
  • हुम्लामा २५ केन्द्रका मतपेटिका सदरमुकाम ल्याइयो, ३४ केन्द्रबाट ल्याइँदै
Image

हुम्लामा २५ केन्द्रका मतपेटिका सदरमुकाम ल्याइयो, ३४ केन्द्रबाट ल्याइँदै

काठमाडौं, ५ मंसिर

हुम्लाको नाम्खा गाउँपालिका- ६ को तीन वटा मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरबाट सदरमुकाम ल्याइएको छ भने ३४ मतदान केन्द्रका मतपेटीका अझै सदरमुकाम आइपुगेका छैनन् । 

लिमीको तिल गाउँस्थित हिमशिखर आधारभुत  विद्यालय मतदान केन्द्र हल्जी गाउँको सुनखानी आधारभुत विद्यालय मतदान केन्द्र र जाङ गाउँको भृकुटी आधारभुत विद्यालय मतदान केन्द्रका मतपेटिका नेपाली सेनाको हेलिकोप्टरबाट सदरमुकाम ल्याइएको हो ।

जिल्लाका ५९ वटा मतदान केन्द्रमध्ये २५ मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम सिमकोट ल्याइएको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिए।

हुम्लाको प्रदेश (क) मा रहेका ३४ वटा मतदान केन्द्रका मतपेटिका अझै सदरमुकाम नआएको निमित्त निर्वाचन अधिकारी रानाले जानकारी दिए। प्रमुख जिल्ला अधिकारी सीता परियारले सर्वदलीय बैठक बसेर सम्भवत मतपेटीका पैदलै ल्याउने निर्णय हुन सक्ने बताइन् । आजै हिडेपछि भोलि बेलुकासम्म सिमकोट आईपुग्ने प्रजिअ परियारको भनाइ छ  ।


Related Posts

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni १५ घण्टा अगाडि

आशिका तामाङको रिस अझै मरेन, आज पनि खनिइन चिरिबाबु प्रति

काठमाडौं, ७ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पुनः आक्रोश ब्यक्त…

ByByanjana soni २ दिन अगाडि

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

काठमाडौं, ७ भदौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

ByByanjana soni २ दिन अगाडि

Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम

काठमाडौं — नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने लक्ष्यसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *