हिँड्दाहिँड्दै नालीमा खस्ने त्रास, आवत–जावत गर्न जोखिम

685Views
0 Shares


काठमाडौं, भदौ २८ गते
खोटाङको दिक्तेलबजार ढलानका क्रममा ड्रेन कभर (नालीको ढकनी) नराख्दा आवत–जावत गर्न जोखिम भएको छ । दिक्तेलको मानव अधिकारचोक (जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय) देखि त्रिबेणीचोकसम्मको बजार सडक ढलानका क्रममा पुरानो बेसक्याम्पदेखि बैंक अफ काठ्माडौंको बिचमा ड्रेन कभर हाल्न ढिलाइ हुँदा स्थानीयलाई आवत–जावत गर्न सकस भएको हो ।

निर्माण कम्पनी सुर्य विकास जेभी लहानले सडक ढलानका क्रममा ड्रेन कभर नहाली छाड्दा आवत–जावत गर्ने स्थानीय जोखिममा परेका छन् । आइतबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ लालीका नावालक बोकेका बालिका नालीमा खसेका छन् । नालीमा खस्ला दुधे बालकको टाउँको ठोक्किएको छ । नालीको ढकनी तत्काल राख्न आग्रह गर्दा निर्माण कम्पनीले बेवास्ता गरेको स्थानीयले बताएका छन् ।

बजार सडक ढलानका क्रममा ठाउँ–ठाउँमा नालीको चार कुने प्वाल बनाइएको छ । नालीको प्वाल ढाक्ने ढकनी नहुँदा बजारमा ओदोहोर–दोहोर गर्ने कतिपय गाडी र बाईक असुरक्षित यात्रा गरिरहेका छन् । मोबाईल चलाउँदै हिँड्ने तथा नालीको ख्याल नगरी हिँड्ने स्थानीय खाल्डोमा खस्ने गरेका छन् । गत १५ मंसिरमा एक वृद्ध, १४ मंसिरमा आमासँगै हिँडिरहेका बच्चा र २६ कात्तिकमा एक विद्यार्थी नालीमा खसेका थिए ।

विशेषगरी सडक किनारामा घर भएका बालबच्चा तथा विद्यालयबाट ओहोर–दोहोर गर्ने विद्यार्थी नालीमा खस्दा चोटपटक लाग्ने गरेको स्थानीय व्यवसायी शरन बिश्वकर्माले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय