• Home
  • समाचार
  • हरियो धनियाँ सेवन गर्नुका ८ अचुक फाईदाहरु, एक पटक अवस्य पढ्नुहोला
Image

हरियो धनियाँ सेवन गर्नुका ८ अचुक फाईदाहरु, एक पटक अवस्य पढ्नुहोला

काठमाडौं । हरियो धनियाँ हरेक मौसममा र प्रत्येक घरको भान्सामा सजिलै भान्सामा पाईने सामान्य तरकारी वा मसला हो । हहिरो धनियाँलाई दाल, विभिन्न प्रकारका तरकारी र अचारमा मिसाएर खान मानिसहरु निकै रुचाउँछन् अझै भन्ननुपर्दा अहिरो भनियाको स्वाद मन नपराउने मान्छे विरलै होलान् । यो सबै प्रकारका खानामा मिसाएर खान सकिने मिसाजिलो मसला हो । हरियो धनियाँ स्वाद र सुगन्धको लागि भान्सामा प्रयाृग गरिन्छ जसले तरकारीलाई स्वादिलो र वास्नादार बनाउँछ ।

हरियो धनियाँ भान्सलाई सुगन्धित मात्र बनाउने होइन यसबाट अन्य धेरै खालका फाइदा पनि छन् । हरियो धनियामा भिटामिन सी, भिटामिन के, खनिज पदार्थ र प्रोटिन जस्ता पोषक तत्वहरु पाइने हुँदा यो स्वादका लागि भन्दा पनि औषधिका लागि निकै महत्वपूर्ण सावित हुन्छ । हरियो भनियाँ मानव शरिरका लागि निकै उपयोगी मानिन्छ ।हरियो धनियाँलाई स्वादका लागि मात्र नभएर औषधिका रुपमा पनि प्रयोग गर्न सकिन्छ । हरियो धनियाँ सेवन गर्नुका फाईदाहरु यसप्रकार छन् ।

१.दैनिक रुपमा हरियो धनियाको सेवन गर्नाले रगतलाई शुद्धीकरण गर्न सहयोग गर्छ ।

२. मिश्री र हरियो धनियाँको पात मिसाएर सेवन गर्नाले श्वासप्रश्वास सम्बन्धी र निन्द्रा नलाग्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

३. हरियो धनियाँ खाँदा अरुचिका समस्या भएकाहरुलाई निकै फाइदा हुन्छ । त्यसका लागी चटनी वा तरकारीमा धनियाँ मिसाएर खाँदा फाइदा हुन्छ ।

४.हरियो धनियाँमा भिटामिन ए को मात्रा प्रर्याप्त हुने भएकाले यसको नियमित सेवनले आँखाको रोशनी बढ्छ ।

५.शारिरीक रुपमा कमजोर भएको बेला धनियाँको जुस पिउनुस् निकै फाइदाजनक हुन्छ ।

६.हरियो धनियाको प्रयोगले पाचन प्रकृयामा समेत प्रभाव पार्छ । पेटमा रहेका किटाणुलाई पनि धनियाले मार्छ ।

७.आधा गिरास तातो मानीमा दुई चम्चा धनियाको रस मिसाएर खाँदा पेट सम्बन्धी समस्याको लागि एकदमै उपयोगी हुन्छ ।

८.नियमित रुपमा हरियो धनियाँ सेवन गर्नाले कपाल झर्ने सम्यया पनि कम हुन्छ ।

Related Posts

पर्साको स्वास्थ्य क्षेत्रमा भरोसाको नाम बन्दै डा. निरज सिंह

वीरगञ्ज । पर्साको स्वास्थ्य क्षेत्रमा सक्रिय, अनुभवी र बिरामीको विश्वास जित्न सफल चिकित्सकका रूपमा डा. निरज सिंहको नाम…

ByByanjana soni २ हप्ता अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni ३ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *