• Home
  • देश
  • हराएको बालिका फेला पारिएपछि सुरक्षित रूपमा अभिभावकको जिम्मा लगाइयो
Image

हराएको बालिका फेला पारिएपछि सुरक्षित रूपमा अभिभावकको जिम्मा लगाइयो

मिति २०८१/०९/२० गते धनुषा जिल्लाको जनकपुर उप-महानगरपालिका वडा नं. ०१ स्थितबाट हराएकी ४ वर्ष १५ दिनकी बालिका ओजिहा खातुनलाई खोजतलास गरी सुरक्षित रूपमा अभिभावकलाई जिम्मा लगाइएको छ। बालिका भारतका जकाउला सेखकी छोरी हुन्।

बालिका हराएको सूचना पाएपछि धनुषा प्रहरीले तत्काल खोजतलास प्रक्रिया सुरु गरेको थियो। खोजीकार्यको क्रममा ऐ. बिहान १०:३० बजेको समयमा जनकपुर उप-महानगरपालिका वडा नं. ०४ स्थित जिल्ला प्रशासन कार्यालयको नजिक बालिकालाई फेला पारिएको हो।

बालिकाको अवस्था सामान्य रहेको पुष्टि भएपछि उनलाई उनका अभिभावक जकाउला सेखलाई जिम्मा लगाइएको छ। अभिभावकले प्रहरी प्रशासन र खोजतलासमा सहयोग गर्ने सबै पक्षप्रति कृतज्ञता व्यक्त गरेका छन्।

प्रहरीले बालबालिकाको सुरक्षालाई प्राथमिकता दिँदै यस्ता घटनामा शीघ्र प्रतिक्रिया दिनुपर्ने कुरामा जोड दिएको छ। साथै, बालबालिकालाई अभिभावकको सतर्क निगरानीमा राख्न सबैलाई अपिल गरिएको छ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni १ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni १ हप्ता अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni २ हप्ता अगाडि

आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते बुधवार

ज्याे. डा. खेमराज मिश्र, पीएचडी आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते, बुधवार, ईसं २०२६ अक्टोबर १४, ऋतुः वर्षा,…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *