• Home
  • समाचार
  • हत्यामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
Image

हत्यामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ

काठमाडौं, १९ साउन 

हरिपुर्वा नगरपालिका–३ बस्ने १९ वर्षीय सुशिल रायको हत्यामा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा हरिपुर्वा नगरपालिका–३ धनकौल बस्ने १९ वर्षीय कृष्ण भन्ने विश्वजित यादव र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् । 

प्रहरीका अनुसार राय साउन १३ गते बेलुकाबाट बेपत्ता भएका थिए । सोमबार बिहान सोही ठाउँस्थित श्री राष्ट्रिय आधारभुत विद्यालयको  शौचालयको सेफ्टी ट्यांकीमा धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा उनको शव फेला परेको थियो । 

अनुसन्धानको क्रममा घटनामा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उनीहरू उपर कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थप अनुमती लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *