• Home
  • समाचार
  • स्वास्थ्यका लागि खजुर खानुका अचुक फाईदाहरु
Image

स्वास्थ्यका लागि खजुर खानुका अचुक फाईदाहरु

काठमाडौं, फगुन २८ गते । खानपान, गलत आदत, मानसिक तनाव र ठीकसँग निद्रा नलाग्नु यसको मुख्य कारण मानिन्छ । ब्लड प्रेसर न्यून गर्ने केही घरेलु विधि छन् जसमध्ये एउटा हो खजुर ।खजूर खानाले ब्लड प्रेसर कंट्रोल गर्न सकिन्छ । खजूरमा धेरै मात्रामा भिटामिन र मिनरलका साथसाथै प्रोटीन पनि पाइन्छ । यसका अलावा फाइबरको गुणले पनि खजूरलाई लाभदायक मानिन्छ ।

खजूरको भिटामिन बी १, बी २, बी ३, बी ५, ए १ र भिटामिन सी पनि पाइन्छ । खजूरमा पोटासियम पनि भरपूर पाइन्छ । मानिसको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत पुर्‍याउँछ ।खजूरको ड्राई फ्रूटको श्रेणीमा राखिन्छ । प्रत्येक दिन बिहान तीन वटा दाना खजूर खादा स्वास्थयका लागि राम्रो हुन्छ । खजूर खानेवित्तिकै तातो पानी खाँदा स्वास्थ्यलाई फाइदा पुग्ने चिकित्सकहरु बताउँछन् । यो उपायलाई लगातार एक महिना निरन्तर गर्नुपर्छ ।

ब्लड प्रेस हुने व्यक्तिले एक्सरसाइज नियमित गर्नुपर्छ ।जीवनशैली र खानपानका कारण मानिसहरुमा ब्लड प्रेसरको समस्या दिनप्रतिदिन बढ्दो छ ।मुटुको धमनीहरूमा प्रेसर बढ्ने बेला अर्गन सप्लाई गर्नका लागि ज्यादा प्रेसर लगाउनु पर्छ ।

यसलाई नै हाई ब्लड प्रेसर भन्ने गरिन्छ ।टाउको दुख्नु, चक्कर आउनु र धड्कन बढ्ने जस्ता यसका प्रमुख लक्षण हुन् । हाई ब्लड प्रेसर एक गम्भीर समस्या रुपमा मानिन्छ ।हाई ब्लड प्रेसरबाट पीडित व्यक्तिले आफ्नो बीपी कन्ट्रोल राख्न अत्यन्तै जरुरी छ । यदि बीपी कन्ट्रोल गर्न सकिएन भने शरीरका अंगहरूमा असर पर्छ । हाई ब्लड प्रेसर भयो भने हार्ट अट्याक, किडनीमा खराबी जस्ता समस्या बढ्न सक्छन् ।

Related Posts

पर्साको स्वास्थ्य क्षेत्रमा भरोसाको नाम बन्दै डा. निरज सिंह

वीरगञ्ज । पर्साको स्वास्थ्य क्षेत्रमा सक्रिय, अनुभवी र बिरामीको विश्वास जित्न सफल चिकित्सकका रूपमा डा. निरज सिंहको नाम…

ByByanjana soni १ महिना अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni १ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *