• Home
  • समाचार
  • स्वास्थ्यका लागि कुरिलो खानुका अचुक फाईदाहरु
Image

स्वास्थ्यका लागि कुरिलो खानुका अचुक फाईदाहरु

काठमाडौं, फागुन २३ गते । निकै महंगोमा बिक्रि हुने कुरिलो खेतीमा समेत पछिल्लो समय मानिसहरुको आकर्षण बढ्दै गएको छ ।कुरिलो स्वास्थ्यका हिसाबमा निकै उपयोगी वनस्पति हो । यसमा भरपुर मात्रामा प्रोटिन हुन्छ । प्रायः सवैले कुरिलो चिनेको भएपनि यसको फाइदाबारे जानकारी नहुन सक्छ ।कुरिलो स्वास्थ्यका एकदमै लाभदायक हुन्छ ।

कुरिलो जंगलमा पाईने एकप्रकारको घाँस हो । तर यसको माग बजारमा धेरै भएपछि अहिले यसको व्यवसायिक रुपमा खेती गर्न थालिएको छ । यसको स्वाद निकै मिठो हुन्छ । यो सबैको लोकप्रिय तरकारी हो । यो स्वादका लागि मात्र नभएर स्वास्थ्यका लागि पनि निकै लाभलायक हुन्छ ।यो एक प्रकारको जडिबुटी पनि हो ।

यसलाई आर्युवेदिक औषधीका रुपमा पनि प्रयोग गरिन्छ । यसले बुध्दिबर्धक, अग्नीबर्धक, बात, पित्त, शोक अनि शुक्र दुर्वलता जस्ता रोगहरुबाट मुक्ति दिलाउछ । कुरिलो खानुका फाईदाहरु यसप्रकार रहेका छन् ।

कुरिलोलाई तरकारी बनाएर तथा यसको सुप बनाएर खानाले शरीर दुखेको निको हुन्छ । यसमा प्रशस्त मात्रामा भिटामिन, प्रोटीनका साथै बिभिन्न पौष्टिक तत्व पाइन्छ ।

यसको सेवनले शरीरलाई शक्ति दिनुका साथै रक्तपित्त, महिलाहरुको स्तनमा दुधको मात्रा बढाउने, दुर्बलता हटाउन, स्वेतप्रदर तथा महिनावारी गडबडीमा उपयोगी हुन्छ । कुरिलोको जरा सुकाएर धूलो पारेर दूध तथा मनतातो पानीसंग सेवन गर्नाले पुरुषहरुको बिर्य बढाउँछ ।

यसलाई विभिन्न रोगहरुमा अत्यन्त लाभकारी औषधीको रूपमा प्रयोग गरिन्छ । कुरिलोको नियमित सेवनले क्यान्सर रोग लाग्नबाट बचाउँछ साथै क्यान्सर रोगीका लागि फाइदाजनक हुन्छ ।

यसको नियमित सेवनले स्त्रीहरुको रक्त प्रदर, स्वेतप्रदर तथा म’हिनावारी गडबडी र स्तनजन्य रोग र स्त्री पुरुष दुबैमा यौ’न दु’र्बलता हटाउन मदत गर्छ ।

Related Posts

पर्साको स्वास्थ्य क्षेत्रमा भरोसाको नाम बन्दै डा. निरज सिंह

वीरगञ्ज । पर्साको स्वास्थ्य क्षेत्रमा सक्रिय, अनुभवी र बिरामीको विश्वास जित्न सफल चिकित्सकका रूपमा डा. निरज सिंहको नाम…

ByByanjana soni १ महिना अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni १ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *