• Home
  • समाचार
  • स्ववियु निर्वाचनः महाराजगञ्ज नर्सिङ क्याम्पसको सभापतिमा बस्नेत र पिकेमा पनेरु निर्वाचित
Image

स्ववियु निर्वाचनः महाराजगञ्ज नर्सिङ क्याम्पसको सभापतिमा बस्नेत र पिकेमा पनेरु निर्वाचित

काठमाडौं, चैत ६ गते । महाराजगञ्ज नर्सिङ क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी भएको छ । स्ववियु निर्वाचनमा अनेरास्ववियुको तर्फबाट सभापतिको उम्मेदवार बनेकी नोबिना बस्नेत विजयी भएकी छिन् । उनले २१७ मत पाएकी छन् ।

उनका प्रतिस्पर्धी नेविसंघीकी धनुष विश्वकर्माले १३३ मत प्राएत गरेकी छन् । सचिवमा अनेरास्ववियुकै सजिना पन्थ, कोषाध्यक्षमा आयूसमा राय वियजी भएका छन् । त्यस्तै सदस्यहरुमा बिन्जना केसी, सीमा खनाल, मन्जुशा न्यौपाने, अविषा कार्की र कन्चन सापकोटा विजयी भएका छन् । कुल ३६९ मतदाता रहेको महाराजगञ्ज नर्सिङ क्याम्पसमा ३५१ मत खसेको थियो ।

त्यस्तै पद्यकन्या क्याम्पस ९पिके०को स्ववियु सभापतिमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)की ज्योती पनेरु विजयी भएकी छिन् । पनेरुले माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकी त्रिसना आले मगरलाई पराजित गरेकी हुन् ।

सचिवमा भुपेश्वरी ऐर र कोषाध्यक्ष पनि श्रेया मैनाली विजयी भएकी छन् । उनीहरु पनि नेविसंघबाटै निर्वाचित भएका हुन् । सचिवमा एमाले निकट अनेरास्ववियुकी सुनैना श्रेष्ठ र कोषाध्यक्षमा सुजाता सुनार पराजित भइन् । पिकेमा अखिल क्रान्तिकारी र अनेरास्ववियुबीच तालमेल भएको थियो ।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni २ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *