• Home
  • राजनीति
  • स्ववियु निर्वाचनः नेपाल ल क्याम्पसको सभापतिमा ढुंगेल र शंकरदेव क्याम्पसमा बस्नेत विजयी
Image

स्ववियु निर्वाचनः नेपाल ल क्याम्पसको सभापतिमा ढुंगेल र शंकरदेव क्याम्पसमा बस्नेत विजयी


काठमाडौं, चैत ६ गते । नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका विष्णु ढुंगेल विजयी भएका छन् । सत्तारुढ गठबन्धन (नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियू)ले संयुक्त उम्मेदवार ढुंगेलले एमाले निकट अनेरास्ववियुबाट कैलाश तामाङलाई पराजित गरेका हुन् ।

ढुंगेलले ५९१ मत प्राप्त गर्दा तामाङलाई ५३९ मत खसेको छ। यस्तै सचिवमा नेविसंघका मनोज सिंह(६०१) र कोषाध्यक्षमा अनेरास्ववियुका सन्ज्योति नेम्वाङ(४२३) विजयी भएका छन्। ७ सदस्यमध्ये ५ सदस्य अनेरास्ववियुले जित हात पारेको छ ।

त्यस्तै शंकरदेव क्याम्पसको स्ववियु सभापतिमा नेपाली कांग्रेस निकट नेविसंघका सुशान्त बस्नेत विजयी भएका छन् । बस्नेतले नेकपा एमाले सम्बद्ध अनेरास्ववियुकी मुना तिवारीलाई पराजित गरेका हुन् ।

नेविसंघबाटै सचिवामा मदनराज उपाध्यक्ष र कोषाध्यषमा मिनबहादुर रावल निर्वाचित भएका छन् । ३१०३ मत खसेकोमा समानुपातिकतर्फ शंंकरदेवमा नेविसंघले १३०५ मत पाएको छ ।यस्तै अनेरास्ववियूले ४२५, स्वतन्त्र समूहले ६३५, अनेरास्ववियु ९नेकपा एमाले०ले ३०६, नेविसंघ बिपीले २१८, अखिल क्रान्तिकारीले १५५ र राप्रविसंघले ५९ मत पाएको छ ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni १ हप्ता अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *