For Youtvnepal long gif
Image

स्वतन्त्रताका लागि १ हजार वर्ष जेल बस्न तयार छु :  इमरान खान


काठमाडौं, २ भदौ । पाकिस्तानका जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानले देशका लागि एक हजार वर्ष जेल बस्न तयार रहेको बताएका छन् ।तोशाखाना मुद्दामा दोषी पाइएपछि इमरान खानलाइ तीन वर्षको जेल सजाय सुनाइएको छ र हाल उनी पञ्जाब प्रान्तको अटक जेलमा थुनामा रहेका छन्।

पाकिस्तान तहरीक ए इन्साफका प्रमुखका कानुनी टोलीका सदस्य उमियार नियाजीले खानलाई एट्टक जेलमा भेटेपछि शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री ठीक र स्वस्थ रहेको ट्रिब्यून पत्रिकाले जनाएको छ। यद्यपि उनको दाह्री बढेको छ। उनलाई ऐना र सेभिङ किट दिइएको छ ।

नियाजीले ६ जनाको टोलीमध्ये आफूलाई मात्र इमरान खानसँग भेट्न अनुमति दिइएको दाबी गरेका छन् । पीटीआई प्रमुखसँगको भेटबारे कुरा गर्दा नियाजी निकै भावुक देखिएका छन् । उनले पत्रकारहरुलाई भने कि भेटमा इमरान खानले भने, “मलाई (जेलमा) सुविधा नपाएकोमा कुनै चिन्ता छैन। मलाई १ हजार वर्ष जेलमा राखे पनि फरक पर्दैन। म यसको लागि तयार छु, किनकि स्वतन्त्रताको लागि बलिदान दिनु पर्छ।’

उल्लेखनीय कुरा के छ भने पूर्व प्रधानमन्त्रीमाथि देशभर १४० भन्दा बढी मुद्दा चलिरहेका छन्, जसमा उनीमाथि आतंकवाद, हिंसा, ईश्वरनिन्दा, भ्रष्टाचार र हत्याको आरोप छ। सोही सिलसिलामा तोशाखाना मुद्दामा दोषी ठहरिए पछि इस्लामावादको ट्रायल कोर्टले उनलाई ३ वर्षको जेल सजाय सुनाएको छ । र, साथै अदालतले आगामी ५ वर्ष चुनाव लड्न नपाउने समेत जनाउँदै एक लाख पाकिस्तानी रुपैयाँ जरिवाना पनि लगाएको छ ।

Related Posts

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ६ घण्टा अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ६ घण्टा अगाडि

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण स्थानीयलाई विपद् स्वयंसेवक तालिम ।

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले गढी गाउँपालिकाका २५ जना स्थानीयलाई समेटेर…

ByBySulav Rijal ५ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *