Trending

सेयर बजार ११.१७ अंकले बढ्याे

425Views
0 Shares

काठमाडौ,  ३ साउन । सेयर बजारमा सकारात्मक माहोल जारी रहेको छ । बुधबार नेप्से सूचक ११.१७ अंकले बढेर २१६५.२४ विन्दुमा आएको छ । ३ अर्ब ३४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

विशेषगरी वाणिज्य बैंकहरुको सेयर भाउ बढेपछि यसले समग्र नेप्से सूचकलाई माथि लैजान सहयोग पुगेको हो । यसअघि बैंकहरु चलेकै थिएनन् । तर एक–दुईयता यस समूहमा पनि चमक देखिएको छ । अरु कपितय समूहरुमा करेक्सन भइरहँदा बैंकिङले बजारलाई तानिरहेको छ । 

अधिकांश बैंकहरुको सेयर भाउ अहिले पनि २ सय रुपैयाँभन्दा तल छ । यसलाई तुलनात्मकरुपमा सुरक्षित क्षेत्र पनि मानिन्छ । यसअघि नबढेको, भाउ सस्तो अनि चौथो त्रैमासको रिपोर्ट पनि सकारात्मक आउन सक्ने अपेक्षामा लगानीकर्ता यसतर्फ लागेको अनुमान गरिएको छ । 

यस दिन २६० कम्पनीको ८६ लाख ७४ हजार कित्ता सेयर कारोबार भएको छ । २३ करोड ५७ लाख रुपैयाँसहित कारोबार रकममा युनाइटेड अजोड इन्स्याेरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआईसी एसिया बैंक र शिवम् सिमेन्ट्स परेका छन् । 
 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
34°
Sunny
5:29 am7:00 pm +0545
Feels like: 38°C
Wind: 6km/h WSW
Humidity: 43%
Pressure: 1009.48mbar
UV index: 10
12 pm1 pm2 pm3 pm4 pm
36°C
37°C
38°C
38°C
38°C
WedThuFriSatSun
40°C / 25°C
41°C / 26°C
42°C / 27°C
43°C / 28°C
42°C / 28°C

प्रिय न्युज


लोकप्रिय