• Home
  • राजनीति
  • सुन्धारा पुनर्निर्माण विवादः पुरानो संरचना भत्काउने विषयमा मेयर साहको आपत्ति
Image

सुन्धारा पुनर्निर्माण विवादः पुरानो संरचना भत्काउने विषयमा मेयर साहको आपत्ति


काठमाडौं, २९ मंसिर । सुन्धाराको पुरानो संरचना भत्काउने विषयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आपत्ति जनाएका छन् । करिब चार सय वर्ष पुरानो इतिहास बोकेको सुन्धाराको परम्परागत संरचना धमाधम भत्काउन थालेपछि संकटा क्लबद्वारा आयोजित पत्रकार सम्मेलनमा साहले आपत्ति जनाएका हुन् । उनले सुन्धाराको पुरानो संरचना कुनै पनि हालतमा भत्काउन नदिने बताएका छन् । धरहरा निर्माणको जिम्मा पाएको कम्पनीले सुन्धाराको मुखसहित भुइँमा बिछ्याएका पुराना ढुंगा निकाल्ने गरी पुनर्निर्माण थालेपछि स्थानीय, सम्पदाप्रेमी, जनप्रतिनिधिलगायतले विरोध जनाएका हुन् ।

पुनर्निर्माणका नाममा सुन्धाराको मौलिकता नै मासिने काम भइरहेको भन्दै मेयर साहले निर्माण कम्पनीलाई तुरुन्तै काम रोक्न निर्देशन दिएका छन् । सुन्धारालाई जीवितै राखेर धरहरा आसपासमा बगैँचा बनाउने भनिए पनि निर्माणाधीन संरचनाले सुन्धारालाई नै नष्ट गर्ने उनको भनाइ छ । ‘कला, संस्कृतिको नमुना सुन्धाराका संरचना भत्काउन नहुँने बताउँदै यसलाई संरक्षण गर्न आवश्यक रहेको बताएका छन् ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni १ हप्ता अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *