• Home
  • राजनीति
  • सीट बाँडफाँड गर्न सत्तारुढ गठबन्धन कार्यदलको बैठक बस्दै
Image

सीट बाँडफाँड गर्न सत्तारुढ गठबन्धन कार्यदलको बैठक बस्दै


काठमाडौं, भदौ २२ गते
आज पनि प्रतिनिधिसभा र प्रदेश सभा चुनावका लागि सीट बाँडफाँड गर्न सत्तारुढ गठबन्धन कार्यदलको बैठक बस्दै छ । आज सीट बाँडफाँड टुंगो लगाउने गरी कार्यदलको बैठक बोलाइएको सचिव जोशीले जानकारी दिएका छन् । उनका अनुसार आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलको बैठक बस्नेछ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकले चुनावी तालमेल र सीट बाँडफाँडका विषयमा छलफल गरेको थियो। सीट संख्यामा लगभग सहमति भए पनि निर्वाचन क्षेत्रका विषयमा टुंगो लगाउन बाँकी छ ।

कार्यदलले प्रतिनिधिसभा र प्रदेश सभाका सीट संख्यासँगै निर्वाचन क्षेत्रबारे पनि छलफल गरिरहेको छ। कुन निर्वाचन क्षेत्रमा कुन दलको उम्मेदवार उठाउने भन्ने विषयमा छलफल भएको जनाइएको छ।२०७४ सालमा पाएको मत र स्थानीय चुनावको अवस्थालाई हेरेर कुन क्षेत्रमा कुन दल बलियो छ भन्ने एकीन गर्न लागिएको छ। त्यसकै आधारमा निर्वाचन क्षेत्र बाँडफाँड गरिँदै छ।
।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ४ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni ७ दिन अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni ७ दिन अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *