Trending

सिम्रिकसँग हेलिकोप्टर किनेको हेली एभरेष्टले माग्यो ६ जना पाइलट

830Views
0 Shares

काठमाडौं, २० मंसिर ।  हेली एभरेष्ट प्रालीले ६ जना पाइलटका लागि रोजगारी खुलाएको छ । हालै मात्र सिम्रिक एयरसँग एउटा हेलिकोप्टर खरिद गरेसँगै हेली एभरेष्टलाई पाइलटको आवश्यकता परेको हो । उसले एस थ्री फाइब जिरो बी थ्री इ नामको हेलिकोप्टर उडानका लागि जनशक्ति मागेको हो । यो हेलिकोप्टर सगरमाथा आधार शिविरसम्म उडानका लागि प्रयोग हुँदै आएको छ ।

हेलीले दुई इन्स्ट्रक्टर पाइलट, दुई कप्तान र दुई प्रशिक्षार्थी पाइलटको लागि आवेदन खुलाएको छ । इन्स्ट्रक्टर पाइलटका लागि लाइसेन्स अनिवार्य र दुई हजार घन्टाभन्दा बढी समयको उडान अनुभव चाहिने बताएको छ । कप्तानमा आवेदन दिन लाइसेन्सँगै दुई हजार उडान अनुभव चाहिने कम्पनीले जानकारी दिएको छ । त्यस्तै प्रशिक्षार्थीको हकमा विना अनुभव भए पनि लाइसेन्स अनिवार्य भनिएको छ । 

गत असोजमा कम्पनीले सिम्रिक एयरको एउटा एयरबसको बी-थ्रीइ सिरिज हेलिकोप्टर खरिद गरेको थियो । अहिले कम्पनीसँग तीनवटा हेलिकोप्टर छन् । कोभिड संक्रमण नियन्त्रणमा आएसँगै आन्तरिक र बाह्य पर्यटकबाट हेली सेवाको मागलाई मध्यनजर गर्दै कम्पनीले हेलिकोप्टर थपेको थियो ।  तीन वर्षअघि नै हेलिकोप्टर थपेर क्षमता विस्तार योजना बनाएको कम्पनीले कोभिड संक्रमणका कारण थप्न सकेको थिएन । 

यो कम्पनीले सिलिङ, साइट सिइङ, रेस्क्यु, फिल्मिङ, माउन्टेन फ्लाइट लगायतको सेवा दिँदै आएको छ। हेलिकोप्टर खरिदका लागि कम्पनीले सिम्रिकसँग दुई महिना अगाडि नै सम्झौता गरेर प्रक्रिया सुरु गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय