Trending

सिन्धुपाल्चोकमा लोकतान्त्रिक वाम गठबन्धनको क्लीन स्वीप 

785Views
0 Shares

काठमाडौं, ९ मंसिर । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा गठबन्धनले जित हासिल गरेको छ । क्षेत्र नम्बर २ बाट लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार (कांग्रेसका) मोहनबहादुर बस्नेत विजयी भएका छन् । ११ हजार ८ सय ७४ भारी मतान्तरमा शेरबहादुर तामाङलाई हराउदै बस्नेतले जित निकालेका हुन् । सिन्धुपाल्चोक निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका लागि यो पहिलो जित समेत हो । 

बस्नेतले ३९ हजार  ३ सय ६७ मत ल्याउदा तामाङले २७ हजार ४ सय ९३ मत ल्याएका थिए ।क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा एमालेलाई हराउदै  लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार (माओवादी केन्द्र) का माधब सापकोटा विजयी भए ।

यसैगरी, क्षेत्र नम्बर २ प्रदेशसभा ‘क’ मा  बागमती प्रदेशका पूर्वसामाजिक विकासमन्त्री युवराज दुलाल र ख मा कृष्णकुमार तामाङ विजय भएका छन् । १ क मा कांग्रैसका मसिना खड्का भण्डारी  र ख मा माओवादी केन्द्रका सरल सहयात्री पौडेल विजयी भए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय