• Home
  • अर्थ
  • सिद्धार्थ बैंक र इन्टरनेसनल फाइनान्स कोअपरेसनबीच सम्झौता 
Image

सिद्धार्थ बैंक र इन्टरनेसनल फाइनान्स कोअपरेसनबीच सम्झौता 

काठमाडौं । सिद्धार्थ बैंक र इन्टरनेसनल फाइनान्स कोअपरेसन (आइएफसी) बीच जोखिम व्यवस्थापन, लैंगिक, डिजिटल तथा जलवायु वित्त क्षेत्रहरुमा क्षमता अभिवृद्धि गर्नका लागि बिहीबार सम्झौता भएको छ।

बैंकले डिजिटल फर्स्ट अभ्यास अपनाइ सुशासन पक्षहरूमा केन्द्रीत हुँदै दिगो विकासलाई सधै प्राथमिकतामा राखेर आफ्ना समग्र रणनीतिहरू वातावरणमैत्री एवं समाज केन्द्रित बनाउँदै आएको जानाएको छ।

उक्त सम्झौताले उल्लेखित क्षेत्रहरूमा बैंकको क्षमता अभिवृद्धि तथा अन्तर्राष्ट्रिय असल अभ्यास अनुसरण गरी बैंकलाई अझ बढी सुदृढ एवं सवल बनाई आफ्ना लक्ष्यहरू हासिल गर्न थप टेवा पुग्ने विश्वास बैंकको छ।

आइएफसीको ग्लोबल ट्रेड फाइनान्स कार्यक्रमको सदस्य पनि रहेको यस सिद्धार्थ बैंकले आइएफसीद्वारा आयोजित १०औं ग्लोबल ट्रेड अवार्डमा बेस्ट अपरेसन बैंक इन साउथ एसिया २०२१ अवार्डबाट पनि सम्मानित भएको थियो।

त्यसैगरी केही समयअघि मात्र पनि सिद्धार्थ बैंक र आइएफसिबीच नेपालका लघु, साना तथा मझौला उद्यमीहरूको व्यवसायमा र जलवायु वित्तपोषणमा लगानी गर्ने सम्झौता भइसकेको छ। जसअन्तर्गतले बैंकलाई ५ करोड ५० लाख अमेरिकी डलर ऋण पनि प्रदान गरेको छ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj ५ दिन अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj १ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ४ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *