Trending

सिके राउत धन्यवाद दिन किसानका खेत-खेतमा

870Views
0 Shares

काठमाडौं, ९ मंसिर । तराई मधेस आन्दोलनका चर्चित नेता उपेन्द्र यादवलाई पराजय गरेर पहिलोपटक संघीय संसदमा आएका जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउत यतिखेर धन्यवाद दिन हिँडिरेका छन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष यादवलाई १८ हजार ६३ मतान्तरले पराजित गरेका रातउ यतिखेर जनतालाई धन्यवाद दिनका लागि किसानका खेततिर पुगिरहेका छन् । शान्ति प्रक्रियामा आएपछि मुख्यत: मलको विषयलाई लिएर सडक आन्दोलन गरेका राउतले जनताको खेतमा नै गएर धन्यवाद ज्ञापन गरेका हुन् । 

राउतले ३५ हजार ४२ मत प्राप्त गर्दा पराजित यादवले १६ हजार ९७९ मतमा सीमित भएका थिए । राउतको विजयसँगै चौथोपटक निर्वाचित हुने यादवको उम्ममेदवारीमा धक्का लागेको छ ।  

स्वतन्त्र मधेस गठबन्धनका नाममा तराई मधेसमा स्वतन्त्र मधेस अभियान चलाउँदै आएका राउत २०७५ साल फागुन २४ गते सरकारसँग ११ बुँदे सहमति गरी शान्तिपूर्ण राजनीतिमा आएका हुन् । उनलाई देश विभाजन गर्न खोजेको आरोप लागे पनि अन्तत: तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले शान्ति प्रक्रियामा ल्याएको थियो ।

शान्तिपूर्ण राजनीतिमा आएपछि (जनमत पार्टी) का रूपमा राजनीतिक दल गठन गरेर तराई मधेस केन्द्रित आन्दोलन गरिरहेका राउतले पहिलोपटक स्थानीय तहको निर्वाचनमा भाग लिएका थिए, जसअनुसार सप्तरी धनुषालगायतका स्थानिय तहमा पनि उनको पार्टी विजय भएको थियो । गत स्थानिय तहमा विजय हासिल गरेको जनमत पार्टी पहिलोपटक प्रतिनिधिसभामा प्रवेश गर्न लागेको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय