सामाजिक सुरक्षाभत्ता बुझ्न जानआउन वडाले यातायात खर्च दिने
By Anusha sijapati
४ वर्ष अगाडि
Comments: 0
जुम्ला, ६ भदौ
हिमा गाउँपालिका वडा नम्बर १ ले सामाजिक सुरक्षाभत्ता बुझ्न जाने सर्वसाधारणलाई यातायात सुविधाकाे समेत व्यवस्था गर्न थालेकाे छ । सुरक्षा भत्ता बुझ्न जान र आउन सहज हाेस् भनेर उनीहरूलाई यातायतको सुबिधा दिन थालेकाे हाे ।
यहाँबाट बैंकसम्म जान एक दिन लाग्ने भएकाले वडा कार्यालयले नै यातायात सुविधा दिएको वडाध्यक्ष रतनबहादुर शाहीले बताए । उनले भने, ‘प्रत्येक पटक सामाजिक सुरक्षाभत्ता बुझ्न जाने नागरिकका लागि यो सुबिधा दिइनेछ ।’
वडाध्यक्ष शाहीका अनुसार चार सय ५७ जनालाई सामाजिक सुरक्षाभत्ताका लागि बसको व्यवस्थापन गरिएको हो । बैंकले त्रैमासिक रुपमा भत्ता प्रदान गर्दै आएका छन् ।
४ वर्ष अगाडि
४ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि