Trending

सानिमा र जनरल इन्सुरेन्सको कात्तिक ७ बाट एकीकृत कारोबार सुरु हुँदै

840Views
0 Shares

काठमाडौं, १ कात्तिक
सानिमा जनरल र जनरल इन्सुरेन्स एक आपसमा मर्ज भएर कात्तिक ७ गतेबाट एकीकृत कारोबार सुरु हुने भएको छ । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न बिमा समितिले असोज १४ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असोज २७ गते अन्तिम स्वीकृति दिइसकेको छ । दुवै एक भएपछि अब सानिमा जिआईसी इन्सुरेन्सको नामबाट एकीकृत कारोबार हुनेछ । दुवै कम्पनीको असोज ११ गते बसेको विशेष साधारण सभाले मर्ज हुने प्रस्ताव पारित गरिसकेको छ । एक आपसमा मर्ज हुने भएपछि हाल दुवै कम्पनीको सेयर कारोबार रोक्का छ । 
 
यी दुई कम्पनीहरुबीच गएको असार २९ गते मर्ज सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो । बिमा समितिको निर्देशनपछि अहिले बिमा कम्पनीहरु पुँजी वृद्धिको दबाबमा छन् । बिमा समितिको गत चैत १० गतेको निर्देशन अनुसार एक वर्षभित्रै निर्जीवन बिमा कम्पनीले २ अर्ब ५० करोड रुपैयाँ र जीवन बिमा कम्पनीहरुले ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनुपर्ने हुन्छ । हाल सानिमाको चुक्ता पुँजी १ अर्ब रुपैयाँ र जनरलको पनि १ अर्ब रुपैयाँ नै चुक्ता पुँजी रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय