• Home
  • समाचार
  • साढे ६ महिनामा विपद्का घटनबाट एक अर्बभन्दा बढीको क्षति
Image

साढे ६ महिनामा विपद्का घटनबाट एक अर्बभन्दा बढीको क्षति


काठमाडौं ,१० असोज ।
विपद्का घटनाले पछिल्लो करिव साढे ६ महिनाको अवधिमा नेपालमा एक अर्ब रुपैयाँभन्दा बढीको आर्थिक क्षति गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७९ वैशाख १ गतेदेखि असोज ९ गतेसम्मको अवधिमा देशभर भएका १ हजार ८०४ वटा विपद्का घटनाबाट उक्त क्षति भएको हो ।

सो अवधिमा बाढी, पहिरो, चट्याङ, आगलागी, भारीवर्षा, हुरी बतास, भूकम्प, जनावर आक्रमण र वन डढेंलोबाट १ अर्ब ४४ लाख ७० हजार ९३५ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको प्राधिकरणरले जनाएको छ ।

यसवर्ष सबैभन्दा ठूलो आर्थिक क्षति आगलागीका घटनाले गरेको छ । आगलागीका घटनाबाट बितेको करिव साढे ६ महिनामा ८३ करोड १९ लाख १ हजार १६० रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ ।

प्राधिकरणका अनुसार यसवर्ष पहिरोबाट ८ करोड ५५ लाख ५८ हजार ७०० रुपैयाँ, बाढीबाट १ करोड ३२ लाख ४२ हजार रुपैयाँ, चट्याङबाट ३४ लाख ९२ हजार रुपैयाँ, भारीवर्षाबाट २ करोड ७७ लाख ४५ हजार १७५ रुपैयाँ र हुरीबतासबाट २ करोड ५४ लाख ११ हजार ८०० रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ । यस्तै, जनावरको आक्रमणबाट ३९ लाख ५ हजार १०० रुपैयाँ र वन डढेंलोबाट १ करोड २३ लाख ८५ हजार रुपैयाँ बराबरको आर्थिक भएको प्राधिकरणले जनाएको छ ।

गत वर्ष (२०७८) को सोही अवधिमा विपद्का घटनाले नेपालमा १ अर्ब १ करोड ७६ लाख ३२ हजार ८४२ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको थियो ।
विपद्का घटनाबाट यसवर्ष २२१ जनाको मृत्यु भइसकेको छ भने १३ जना बेपत्ता भएका छन् ।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni १ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *