• Home
  • खेलकुद
  • सहिद स्मारक ए डिभिजन लिगः छैटौं चरणका खेलहरु आजबाट सुरु हुँदै
Image

सहिद स्मारक ए डिभिजन लिगः छैटौं चरणका खेलहरु आजबाट सुरु हुँदै


काठमाडौं, चैत २० गते । आजबाट सहिद स्मारक ए डिभिजन लिग फुटबलको छैटौं चरणका खेलहरु सुरु हुँदैछ ।लिगको छैटौं चरण अन्तर्गत सोमबार दुई खेलहरु हुँदैछ । जसमा एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ ।

च्यासल मैदानमा दुई विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्ने छन् । विभागीय डर्बी भिडन्त दिउँसो २ बजे सुरु हुनेछ ।
एपीएफ आज तेस्रो जितको खोजीमा हुनेछ । एपीएफ ७ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।पुलिस लिगमा पहिलो जितको खोजीमा हुनेछ । पाँचौं चरणसम्म जित विहीन पुलिस पहिलो ३ अंकको योजनामा रहेको छ । पुलिस १ अंक जोडेर पुछारमा रहेको छ ।

यस्तै एन्फा कम्प्लेक्समा संकटा क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । संकटा र खुमलटारबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।संकटा दोस्रो जितको योजनामा हुनेछ । संकटा ५ खेलमा ६ अंक जोडेर आठौं स्थानमा रहेको छ ।खुमलटार तेस्रो जितको खोजीमा हुनेछ । खुमलटार ६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

Related Posts

११ रनले Victory 8 लाई हराउँदै Luxury Stars Cricket विजयी

काठमाडौं । Kings T20 Cricket League को पहिलो दिन भएको रोमाञ्चक खेलमा Luxury Stars Cricket ले Victory 8…

ByByanjana soni १ महिना अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni १ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *