सशस्त्र प्रहरी महानिरीक्षक अर्याल न्युयोर्क प्रस्थान
By Anusha sijapati
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं, १४ भदौ । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल न्युयोर्क प्रस्थान गरेका छन् ।
न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा बुधबारदेखि तीन दिन चल्ने तेस्रो प्रहरी प्रमुखहरुको शिखर सम्मेलनमा सहभागी हुन महानिरीक्षक अर्याल त्यसतर्फ सोमबार प्रस्थान गरेका हुन् ।
महानिरीक्षक अर्यालको अनुपस्थितिमा निमित्त महानिरीक्षकको जिम्मेवारी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले सम्हाल्ने सशस्त्र प्रहरी बलले जानकारी दिएको छ ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि