• Home
  • राजनीति
  • सरकारले ल्याउन लागेको अध्यादेश फिर्ता गराउन कांग्रेस नेताहरूले पहल गर्नुपर्छ –गोकुल बाँस्कोटा
Image

सरकारले ल्याउन लागेको अध्यादेश फिर्ता गराउन कांग्रेस नेताहरूले पहल गर्नुपर्छ –गोकुल बाँस्कोटा

काठमाडौं, २७ मंसिर । सरकारले ल्याउन लागेको अध्यादेश फिर्ता गराउन कांग्रेस नेताहरूले पहल गर्नुपर्ने नेकपा (एमाले) का नेता तथा नवनिर्वाचित सांसद गोकुल बाँस्कोटाले बताएका छन् समाजिक सञ्जाल मार्फत नेता बाँस्कोटाले कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अब बोलेर मात्र नभइ गरेर देखाउनुपपर्ने बताएका हुन् ।

उनले समाजिक सञ्जालमा लेखेका छन्, गगन र विश्वप्रकाशले बोले, राम्रो गरे । तर उनीहरूसँग बोल्न बाँकी अझै केही छ कि गरेर देखाउन धेरै बाँकी छ ?म आशा गर्छु– उनीहरू गरेर देखाउने हैसियतमा छन् । ताजा जनादेशसँगै संसद् बैठक तयारी चल्दै गर्दा देउवाद्वारा जारी अध्यादेश फिर्ता गराउन र मलको हाहाकार र कालो बजारी बन्द गराउन सकून्, शुभेच्छा,’ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले रेशम चौधरीलगायतलाई माफी दिनसक्ने गरी मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्याएपछि बाँस्कोटाले यस्तो टिप्पणी गरेका हुन् ।सरकारले अध्यादेश ल्याएलगत्तै कांग्रेस नेताहरू गगन थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले विरोध जनाएका थिए ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni १ हप्ता अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *