Trending

सरकारले राख्यो काम नगर्ने चार निर्माण कम्पनी कालोसूचीमा

180Views
0 Shares

काठमाडौं । सरकारले सम्झौता गरे बमोजिम काम नगर्ने चार वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले बिहीबारदेखि लागू हुने गरी चार वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको हो ।

जसमा भारतको पश्चिम बंगालका आदित्य सितानीको एम.पी. सितानी एण्ड सन्स, सुर्खेतका सूर्यबहादुर खड्काको सूर्य कन्स्ट्रक्सन र सुरेन्द्रराज अधिकारीको काठमाडौंमा रहेको एलिट कन्स्ट्रक्सन प्रालिलाई तीन वर्षका लागि कालो सूचीमा राखेको हो ।

यी तीन कम्पनीले मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालय पर्वतबाट ठेक्का लिएर सम्झौता बमोजिम काम नगरेको कार्यालयले जनाएको छ । त्यस्तै, पोखरा महानगरपालिकाको सिफारिसमा भावेश बोहरा मुख्य व्यक्ति रहेको विराटनगरस्थित भूमि इन्फ्रास्ट्रक्चर प्रालिलाई पनि दुई वर्षको लागि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
29°
Sunny
5:27 am7:01 pm +0545
Feels like: 31°C
Wind: 5km/h ENE
Humidity: 49%
Pressure: 1009.82mbar
UV index: 2
9 am10 am11 am12 pm1 pm
35°C
37°C
38°C
40°C
40°C
FriSatSunMonTue
43°C / 27°C
43°C / 28°C
42°C / 28°C
42°C / 28°C
40°C / 28°C

प्रिय न्युज


लोकप्रिय