काठमाडौं, २० मंसिर । सरकारको नेतृत्व गर्ने अवसर नपाए प्रतिपक्षमा बस्न नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य एवं मधेशका प्रभावशाली नेता रामकुमार शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव दिएका छन् । आज खुमलटारस्थित प्रचण्डको निवासमा भएको भेटमा नेता शर्माले सरकारको नेतृत्वका लागि शुभकामना समेत दिएका छन् ।
प्रचण्डकै कारण देउवाले चौथो र पाँचौंपटक प्रधानमन्त्री बन्ने अवसर पाएको भन्दै शर्माले यसपटक माओवादीले सरकारको नेतृत्व पाउनुपर्ने बताए त्यस्तै उनले कांग्रेसको पुच्छर बनेर सरकारमा सहभागी हुनु गल्ती हुने उनले बताएका छन् । उनले गठबन्धनमा यसअघि भएको भद्र सहमति अनुसार प्रधानमन्त्री बनेर देशको नेतृत्व गर्नु पर्ने र त्यो भएन भने सदन र सडकबाट संघर्ष गर्नुपर्ने जिकिर गरेका छन् । जवाफमा प्रचण्डले शर्माको सुझाव सहि लागेको बताएका छन् ।












